यसरी बनाउनुहोस् पति पत्नीबीचको सम्बन्ध सुमधुर | Khabarhub Khabarhub

यसरी बनाउनुहोस् पति पत्नीबीचको सम्बन्ध सुमधुर


१४ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सम्बन्धलाई सुमधुर राख्ने कार्य कम्ति चुनौतीपूर्ण विषय होइन । त्यसका लागि सम्बन्ध हुनेहरुबीचको विश्वास नै महत्वपूर्ण कुरा हो । जब एक ले अर्कालाई विश्वास गर्न सकिँदैन वा त्यो वातावरण धुमिल बन्दै जान्छ तब सम्बन्धहरुमा पनि दरार उत्पन्न हुन जान्छ ।

सम्बन्ध यस्तो व्यवहार हो जसलाई तपाईले अलि धेरै कस्नु भयो भयो भने पनि समस्या उत्पन्न हुन्छ र खुल्ला खोड्नु भयो भने पनि समस्या उत्पन्न हुँदै जान्छ त्यसले सम्बन्धहरुलाई सही रुपमा राख्न चुनौती नै हुन जान्छ ।

जीवन जस्तै सम्बन्धहरुलाई व्यवस्थीत र राम्रोसँग राख्ने काम पनि चुनौतीपूर्ण नै हो ।

सम्बन्धहरुलाई सुमधुर राख्नका लागि कहिलेकाँही प्रविधिले सहयोग गर्छ भने कहिलेकाही त्यसले पनि हानी गर्न जान्छ । पछिल्लो समय इन्टरनेट र सामाजिक सञ्जालहरुले एक अर्कालाई नजिक ल्याउन ठूलो भूमिका खेलेको छ । तर यसको सही रुपमा प्रयोग नहुँदा समम्बन्धहरुमा समस्या पनि निम्तिने गरेको छ ।

साथी–साथी, प्रेमी–प्रेमीका, पति–पत्नी, दाजुभाइ–दिदी बहीनीबीचको सम्बन्धलाई सुधार र सुमधुर बनाउन सामाजिक सञ्जाल र इन्टरनेटले सहयोग गर्ने गरेको छ भने कहिलेकाही यसकै प्रयोगले गर्दा समबन्धहरुमा समस्या आउने गरेको छ ।

यसको विकासले पनि कतिपय अवस्थामा समस्याहरु आइरहेको हुन्छ । मानिसले पहिला यसको प्रयोगमा सावधानि नअपनाउँदा सम्बन्धहरुमा समस्या देखापरेपछि चिन्तिामा पर्ने गरेको छ ।

सम्बन्धमा तित्तता आउनुमा एक अर्काबीच हुने संवाद मुख्य हुने एक अध्ययनले देखाएको छ । मानिसहरुको बोलीले उनीहरुको सोचाई दर्शाउँछ । उनीहरु जस्ता शब्दहरु प्रयोग गरिरहेका हुन्छन्, ती शब्दहरुले मानिसको सोच्ने क्षमता कस्तो छ भन्ने पत्ता लाग्ने अध्ययनमा उल्लेख छ ।

क्यालिफोर्निया विश्वविद्यालयले गरेको एक अध्ययनले जुन सम्बन्धमा जोडीले ‘म’ सट्टा ‘हामी’ शब्द प्रयोग गर्छन् ती जोडीको सम्बन्ध निकै राम्रो भएको बताएको छ । ति मानिसहरु आफूलाई आफ्नो साथीको नजिक भएको महसुस गर्ने अध्ययनले देखाएको छ ।

पति पत्नीको सम्बन्ध सबैभन्दा महत्वपूर्ण सम्बन्ध हो जो नराम्रो हुँदा दुईजनाबीचको मात्र नभएर बालबालिका, परिवारको अन्य सदस्य समेत प्रभावमा पर्ने गरेका छन् ।

त्यसले गर्दा पति पत्नीले सम्बन्धलाई सुमधुर बनाउनका लागि समस्याको पहिचान, छलफल, कुराकानीमा जोड दिनु आवश्यक हुन्छ । अरुको देखासिकी भन्दा वास्तविकतामा जीवन यापन, एक स्पसट योजना, पारिवारिक संरचनाबारे छलफल, माया प्रेम, सद्भाव, जिम्मेवारी बोध गर्न सकियो भने सम्बन्धहरुमा दरार उत्पन्न हुँदैन ।

माथिको अध्ययन अनुसार पनि म बाट हामीले सामूहिकतालाई प्रदर्शन गर्छ भनने देखाउँछ र अपनत्वको बोध हुने जनाउँछ । यस्तो हुन सकेको खण्डमा एक अर्काबीचको अपनत्व कायम रहन सक्छ ।

३० वटा अध्ययन गरिएको थियो । जसमा ५ हजार प्रतियोगी सहभागी भएका थिए । अध्ययनपूर्व सहभागीहरुको व्यवहार, सम्बन्ध, खुशी साथै शारीरिक र मानसिक स्वास्थ्य स्थितिको विषयमा अध्ययन गरिएको थियो ।

अध्ययनले पार्टनरबीच हुने कुराकानीका क्रममा जो ‘हामी’ शब्दको प्रयोग गर्छन् ति व्यक्तिहरु निकै खुशी भएको पाइयो । वास्तवमा ‘हामी’ शब्दको प्रयोग गर्नेहरु एक–अर्काप्रति समर्पित हुने र हरेक पलमा साथ दिने गर्छन् । उनीहरु आफ्ना पार्टनरको ख्याल राख्ने गर्छन् । उनीहरु एक–अर्कालाई पाएकोमा खुशी महसुस गर्छन् र सम्बन्धमा सधैँ न्यायोपन ल्याइराख्छन् ।

प्रकाशित मिति : १४ भाद्र २०७६, शनिबार  ३ : २६ बजे

माई नगरको वडा नम्बर ६ मा मुढालाई पहिलो मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माई नगरपालिका

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

गण्डकी– गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको

भोजपुरको आमचोकमा जिप दुर्घटना, एक जनाको मृत्यु

भोजपुरको आमचोक गाउँपालिका एउटा यात्रुवाहक जिप दुर्घटना हुँदा कम्तीमा पनि

माङसेबुङमा मुढा पहिलो, एमाले दोस्रो

इलाम– किरात धर्मावलम्बीहरुको पवित्र स्थल रहेको माङसेबुङ गाउँपालिकाको मतगणना सकिएको

बझाङ अपडेट : एमाले १०३६३, कांग्रेस–१०३५४, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा शनिबार भएको उपनिर्वाचनको मतगणना जारी