कृषि उद्यमबाट नै मुलुकमा समृद्धि आउँछ : मुख्यमन्त्री पौडेल « Khabarhub

कृषि उद्यमबाट नै मुलुकमा समृद्धि आउँछ : मुख्यमन्त्री पौडेल


१४ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिएको बताए ।

मकवानपुरको मनहरि गाउँपालिकाको हाँडीखोलाका विभिन्न कृषि उद्यमको अवलोकन र अनुगमनपछि शनिवार आयोजित कार्यक्रममा उनले भने, “नेपालको दिगो आर्थिक विकास र समृद्धि कृषि उद्यमबाटै हुन्छ ।”

मुख्यमन्त्री पौडेलले कृषि र पशुपालनसँगसँगै लैजाने नीति प्रदेश सरकारको रहेको उल्लेख गर्दै कृषिलाई निर्वाहमुखीभन्दा पनि व्यावसायिक र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए । प्रदेशका ११९ वटै स्थानीय तहमा कम्तीमा एउटा कृषि केन्द्र स्थापना गर्ने प्रदेश सरकारको नीति रहेको बताउँदै उहाँले एक गाउँ एक उत्पादन क्षेत्रको अवधारणामा अघि बढाइने जानकारी दिए ।

मुख्यमन्त्री पौडेलले किसान र उपभोक्ताबीचको बिचौलिया प्रथाको अन्त्य गर्नका लागि विभिन्न स्थानमा बृहत कृषि बजार स्थापना गरिने उल्लेख गर्दै सरकारको मूल अभियान नै कृषि क्रान्ति गर्ने भएकाले सबै जनता कृषिमा जोडिनुपर्ने बताए ।

माटो परीक्षणलगायतको सुविधाका लागि हरेक गाउँपालिकामा एक–एक माटो जाँच केन्द्रको स्थापना गरिने उल्लेख गर्दै उहाँले ठाउँ, वातावरण र स्थानको विशेषता अनुसार नै खेती गर्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति : १४ भाद्र २०७६, शनिबार  ९ : ४८ बजे

‘१०० दिनमै सरकार उम्लियो, पाँच वर्षसम्ममा पोखिन्छ’

काठमाडौं– प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाहले गत जेठ १७ गते नेपालले

‘सञ्चारसम्बन्धी कानुन, प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिताबारे राष्ट्रिय बहसको आवश्यकता’

काठमाडौं– नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले सञ्चारसम्बन्धी कानुन, प्रेस

सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं– आर्थिक वर्ष २०६१/६२ देखि निर्माण सुरु भएको सिक्टा सिँचाइ

विश्वकपमा गुलाबीको बुटको फेसन

काठमाडौं – जारी फिफा विश्वकप एउटा नयाँ ट्रेन्डले चर्चा पाएको

कर्णाली दुर्घटना : सोनार क्यामरा र चुम्बकसहित १० गोताखोरबाट खोजी सुरु

दैलेख- सुर्खेतबाट कालिकोटतर्फ जाँदै गर्दा कर्णाली राजमार्गको दैलेखस्थित चामुण्डा बिन्द्रासैनी