फोनमार्फत यौनजन्य दुर्व्यवहारको आरोप लागेका वडाध्यक्ष धरौटीमा रिहा « Khabarhub

फोनमार्फत यौनजन्य दुर्व्यवहारको आरोप लागेका वडाध्यक्ष धरौटीमा रिहा


१४ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– यौनजन्य दुर्व्यवहार गरेको आरोप लागेका तनहुँको व्यास नगरपालिका–६ का वडाध्यक्ष सूर्यभक्त भण्डारी धरौटीमा रिहा भएका छन् ।

३५ हजार रुपैयाँ धरौटी बुझाएर भण्डारी पाँच दिनपछि शुक्रबार तारेखमा रिहा भएका हुन् । प्रारम्भिक अनुसन्धान सम्पन्न गरी धरौटीमा रिहाइ गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए । “मुद्दा अहिले विचाराधीन अवस्थामा छ”, उनले “मुद्दा फैसला हुन करीब ५/७ महीना लाग्न सक्छ, त्यतिञ्जेलसम्म महीनाको एक पटक तारेखमा आउनुपर्ने हुन्छ ।”

वडाध्यक्ष भण्डारीविरुद्ध सोही वडाकी एक २१ वर्षीय युवतीले गत सोमबार जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दर्ता गराएकी थिइन् । स्वास्थ्य क्षेत्रमा काम गर्दै आएकी अपाङ्गता रहेकी दलित थरकी ती युवतीलाई वडाध्यक्ष भण्डारीले फोनमार्फत पटक–पटक यौनजन्य दुव्र्यवहार गर्दै आएको भनी प्रहरीमा जाहेरी दिएकी थिइन् ।

म तिमीलाई माया गर्छु, तिमी र म पोखरा घुम्न जाऊ, तिमीलाई आर्थिक सहयोग गर्छु, कसैलाई यी कुरा नगर्नुलगायतका करीब १८ मिनेटको फोन कल रेकर्ड पीडित युवतीले सुरक्षित राखेकी छिन् । वडाध्यक्ष भण्डारीले नै आफूलाई स्वास्थ्य क्षेत्रमा जागिर मिलाइदिएको पीडित युवतीले बताइन् ।

युवतीले वडाध्यक्षविरुद्ध किटानी जाहेरी दिएपछि वडाध्यक्ष भण्डारी स्वयं प्रहरी कार्यालयमा उपस्थित भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख एसपी विनोद सिलवालले जानकारी दिए ।

प्रकाशित मिति : १४ भाद्र २०७६, शनिबार  ९ : ३४ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग