विरोध छोडेर समृद्धिको अभियानमा जुट्न कांग्रेसलाई मन्त्री यादवको आग्रह « Khabarhub

विरोध छोडेर समृद्धिको अभियानमा जुट्न कांग्रेसलाई मन्त्री यादवको आग्रह


१४ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चन्द्रनिगाहपुर– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले आर्थिक समृद्धिको यात्रामा सहकार्यको आवश्यकता रहेको बताएका छन् ।

चन्द्रनिगाहपुरमा शनिवार नेपाल इँटा उद्योग महासङ्घको ११औँ साधारणसभामा उहाँले पक्ष र प्रतिपक्षभन्दा पनि विकासको अभियानमा सहयात्री भएर अघि बढ्न सबैलाई सुझाव दिनुभयो ।

“प्रतिपक्षमा रहेर विरोधभन्दा समृद्धिको अभियानमा एकताबद्ध भएर अघि बढ्नुपर्छ”, मन्त्री यादवले भने । उद्योग तथा व्यवसाय क्षेत्रका समस्या सहकार्य, बहस र छलफलका माध्यमबाट समाधान गर्नुपर्ने उनको भनाइ थियो । पुराना ऐन/कानून उद्योगका लागि बाधक भए सच््याउन वा परिमार्जन गर्न सकिने उनले बताए ।

इँटा उद्योगले पनि पुराना प्रविधि नै अविलम्बन गरेकाले बाधक भएको मन्त्री यादवले बताए । उनले नयाँ प्रविधिमा जान सुझाव दिए । धुवाँ र प्रदूषणमुक्त वातावरण तथा प्रविधिमैत्री उद्योग स्थापनामा उनले जोड दिए। “इँटा उद्योग व्यवस्थित गर्न खोजेको हो, आतङ्कित पार्ने उद्देश्य होइन्”, मन्त्री यादवले प्रष्ट पारे ।

उद्योगमन्त्री यादवले प्रतिपक्ष काङ्ग्रेसले आफू सरकारमा हुँदा काम नगरेको र अहिले प्रतिपक्षको धर्म निर्वाह गर्नका लागि मात्र सरकारको विरोध गरिरहेको उल्लेख गर्नुभयो । बन्द रहेका उद्योग तथा कारखाना सञ्चालन गर्ने प्रक्रियामा रहेको मन्त्री यादवले बताए ।

प्रकाशित मिति : १४ भाद्र २०७६, शनिबार  १० : ४४ बजे

‘१०० दिनमै सरकार उम्लियो, पाँच वर्षसम्ममा पोखिन्छ’

काठमाडौं– प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाहले गत जेठ १७ गते नेपालले

‘सञ्चारसम्बन्धी कानुन, प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिताबारे राष्ट्रिय बहसको आवश्यकता’

काठमाडौं– नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले सञ्चारसम्बन्धी कानुन, प्रेस

सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं– आर्थिक वर्ष २०६१/६२ देखि निर्माण सुरु भएको सिक्टा सिँचाइ

विश्वकपमा गुलाबीको बुटको फेसन

काठमाडौं – जारी फिफा विश्वकप एउटा नयाँ ट्रेन्डले चर्चा पाएको

कर्णाली दुर्घटना : सोनार क्यामरा र चुम्बकसहित १० गोताखोरबाट खोजी सुरु

दैलेख- सुर्खेतबाट कालिकोटतर्फ जाँदै गर्दा कर्णाली राजमार्गको दैलेखस्थित चामुण्डा बिन्द्रासैनी