विरोध छोडेर समृद्धिको अभियानमा जुट्न कांग्रेसलाई मन्त्री यादवको आग्रह « Khabarhub

विरोध छोडेर समृद्धिको अभियानमा जुट्न कांग्रेसलाई मन्त्री यादवको आग्रह


१४ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चन्द्रनिगाहपुर– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले आर्थिक समृद्धिको यात्रामा सहकार्यको आवश्यकता रहेको बताएका छन् ।

चन्द्रनिगाहपुरमा शनिवार नेपाल इँटा उद्योग महासङ्घको ११औँ साधारणसभामा उहाँले पक्ष र प्रतिपक्षभन्दा पनि विकासको अभियानमा सहयात्री भएर अघि बढ्न सबैलाई सुझाव दिनुभयो ।

“प्रतिपक्षमा रहेर विरोधभन्दा समृद्धिको अभियानमा एकताबद्ध भएर अघि बढ्नुपर्छ”, मन्त्री यादवले भने । उद्योग तथा व्यवसाय क्षेत्रका समस्या सहकार्य, बहस र छलफलका माध्यमबाट समाधान गर्नुपर्ने उनको भनाइ थियो । पुराना ऐन/कानून उद्योगका लागि बाधक भए सच््याउन वा परिमार्जन गर्न सकिने उनले बताए ।

इँटा उद्योगले पनि पुराना प्रविधि नै अविलम्बन गरेकाले बाधक भएको मन्त्री यादवले बताए । उनले नयाँ प्रविधिमा जान सुझाव दिए । धुवाँ र प्रदूषणमुक्त वातावरण तथा प्रविधिमैत्री उद्योग स्थापनामा उनले जोड दिए। “इँटा उद्योग व्यवस्थित गर्न खोजेको हो, आतङ्कित पार्ने उद्देश्य होइन्”, मन्त्री यादवले प्रष्ट पारे ।

उद्योगमन्त्री यादवले प्रतिपक्ष काङ्ग्रेसले आफू सरकारमा हुँदा काम नगरेको र अहिले प्रतिपक्षको धर्म निर्वाह गर्नका लागि मात्र सरकारको विरोध गरिरहेको उल्लेख गर्नुभयो । बन्द रहेका उद्योग तथा कारखाना सञ्चालन गर्ने प्रक्रियामा रहेको मन्त्री यादवले बताए ।

प्रकाशित मिति : १४ भाद्र २०७६, शनिबार  १० : ४४ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको