प्रधानमन्त्री ओली आज अस्पतालबाट डिस्चार्ज होलान् ? « Khabarhub

प्रधानमन्त्री ओली आज अस्पतालबाट डिस्चार्ज होलान् ?


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली बुधवार(हिजो) विहान धापासीस्थित ग्रान्डी अस्पताल पुगेका थिए ।

सामान्य फलोअपका लागि गएको भनिएपनि प्रधानन्त्रीको आइसीयुमा राखेर उपचार भएको र डायलाइसिस गरिएको थियो । आइसीयुमा नै राखेर प्रधानन्त्रीको उपचार गरिएको भएपनि त्यसको जानकारी भने सार्वजनिक गरिएको छैन ।

उपचारमा संलग्न चिकित्सक र अस्पताल प्रशासनले भने प्रधानन्त्रीको अवस्था सामान्य रेहेको र विहीवार(आज)सम्ममा डिस्चार्ज गर्ने भन्दै विज्ञप्ति जारी गरेको छ ।

हिजो साँझ प्रधानन्त्रीको उपचारमा संलग्न प्रधानन्त्रीकी निजी चिकित्सक प्रा डा दिव्यासिंह साह र डा चक्रराज पाण्डेले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री नियमित उपचारका लागि अस्पताल भर्ना भएको बताइएको छ ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य भएको र आवश्यक परीक्षण पूरा भएपछि राति वा भोलिसम्ममा डिस्चार्ज गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले प्रधानमन्त्री नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल गएको र चिकित्सकहरूको परामर्शअनुसार स्वास्थ्य परीक्षण बाँकी नै रहेकाले अस्पतालमै बस्नु परेको बताए ।

यस आधारमा प्रधानन्त्री केपी ओली आज डिस्चार्ज हुनुपर्ने हो । तर अनुहार र शरीरका केही भाग सुन्निनुका साथै केही ज्वरो पनि आएका प्रधानमन्त्री आज डिस्चार्ज हुने सम्भावना कम देखिएको अस्पताल श्रोतको भनाइ छ ।

यसअघि सिंगापुरमा प्लाज्मा फेरासिस गरिएका प्रधामन्त्रीको रगतमा हानिकरक क्रियटाइन बढी देखिएको अस्पताल श्रोतको भनाइ छ ।  क्रियटाइन बढी देखिएपछि अल्ट्रा–फिल्ट्रेसन गरिएको छ ।

चिकित्सकहरुका अनुसार शरीरमा रहेको एन्टिबडि हटाउन प्लाज्मा फेरासिर र हेमोडायलाइसिस भन्दा अल्ट्रा–फिल्ट्रेसन फरक तरिका हो ।
प्रधानमन्त्रीको अनुहार र शरीरका केहीभाग सुन्निने सममस्या प्रधानमन्त्रीलाई देखिएको अस्पताल स्रोतको भनाइ छ ।

प्रधानमन्त्रीको पहिलो पटक साउन १८ देखि २७ सम्म सिंगापुरको नेसनल युनिभर्सिटी अस्पताल एसएनयू मा स्वास्थ्य परीक्षण गरिएको र उनको शरीरमा ‘एन्टीबडी’को मात्रा धेरै देखिएको थियो ।

त्यसलाई निराकरण गर्न प्लाज्माफेरेसिस प्रक्रियालाई निरन्तरता दिनुपर्ने भएकाले दोस्रो पटक पनि सिंगापुर जान लागिएको बताइएको थियो । प्रधानमन्त्री दोस्रो पटक सिंगापुरबाट भदौ २० गते फर्किएका थिए ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  ७ : ४३ बजे

समानुपातिक सिट बाँडफाँट, रास्वपालाई ५७ सिट मिल्दा श्रमसंस्कृति र राप्रपालाई ४-४ सिट

काठमाडौं- निर्वाचन आयोगले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन मतगणनाकार्य

सुर्खेतकी इनिसाको मृत्यु ‘जबरजस्ती करणी’बाटै, सीआईबीको टोली पनि पुग्यो

वीरेन्द्रनगर- सुर्खेतको गुर्भाकोट नगरपालिका निवासी १६ वर्षीया किशोरी इनिसा विकको

होर्मुजको जलक्षेत्र बन्द नै रहनेछ, शहीदका रगतको बदला लिइनेछ : सर्वोच्च नेता खामेनी

काठमाडौं– इरानका नवनियुक्त सर्वोच्च नेता आयातोल्लाह मोज्ताबा खामेनीले होर्मुजको जलडमरुमध्य

विधान संशोधन गरेर रास्वपा दलको नेता बन्दै बालेन्द्र, रविले पार्टी चलाउने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठकमार्फत् विधान संशोधन गरेर