७१ वर्षीया वृद्धाको प्याराग्लाइडिङ्ग सामाजिक सञ्जालमा भाइरल ! « Khabarhub

७१ वर्षीया वृद्धाको प्याराग्लाइडिङ्ग सामाजिक सञ्जालमा भाइरल !


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्याराग्लाइडिङ्ग भन्ने बित्तिकै हतपत धेरै मानिसले आँट गर्दैनन् । अझ बालबालिका वा वृद्ध उमेरका मानिसले यसको कल्पना समेत गर्न सक्दैनन् ।

हजारौ फिटको उचाईमा उड्नु निकै चुनौतीपूर्ण हुन्छ । तर विश्वमा केही यस्ता मानिस पनि छन्, जसले उमेर वा शारीरीक बनावटलाई हवाला दिदै चुनौतीको सामना गर्दछन् ।

भारतमा यस्तै एक घटना भएको छ । सामाजिक सञ्जालमा भाइरल एक भिडियोमा ७१ बर्षिया वृद्ध महिलाले प्याराग्लाइडिङ्ग गरेर उमेर केही चिजको बाधक नहुने साबित गरेकी छन् ।

भारतको बिलासपुरकी बासिन्दा ७१ वर्षीया संतोष मिश्राले हजारौं फीटको ऊंचाईमा प्याराग्लाइडिङ्ग गरी विश्वलाई चकित पारेकी हुन् । छोराको जन्मदिनको अवसरमा परिवार सहित भ्रमणका लागी भारतको कुल्लू पुगेकी संतोषले प्याराग्लाइडिङ्ग गर्न रहर राखिन् ।

प्याराग्लाइडरले उचाई धेरै हुने भएको तथा वृद्ध उमेरकी ब्यक्तिलाई जोखिममा हुने भन्दै उनलाई उडाउन मानेनन् । तर संतोषले आफुमा प्याराग्लाइडिंग गर्ने रहर रहेको भन्दै अड्डि कसिन् । अन्तत प्याराग्लाइडरले उनलाई परिवारको सहमतीमा उडाए ।

प्याराग्लाइडिंगका क्रममा संन्तोषको अनुहारमा कुनै हतास थिएन । बरु हजारौ फीटको उचाईमा पनि युवाले झैँ आनन्द लिइरहेकी थिइन् । उनको उडानका क्रममा मैदानमा रहेका धेरैले उनलाई साथ उनको हिम्मतका लागी तालि बजाएर स्वागत गरेका थिए । सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा उनको साहसलाई निकैले स्रहाना गरेका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  ९ : १७ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ