सहि समयमा गलत काम गर्नुभयो ? तपाईंका लागि विडम्बना– चार्ली च्याप्लिन « Khabarhub

सहि समयमा गलत काम गर्नुभयो ? तपाईंका लागि विडम्बना– चार्ली च्याप्लिन


१४ कार्तिक २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वकै महान हास्यव्यंग्यकारका रुपमा चिनिन्छन् – चार्ली च्याप्लिन । किनकी हास्यव्यंग्यका चासो राख्नेहरुमाझ उनको नाम लिंदा नचिन्ने कम नै हुन्छन् ।

हास्य व्यंग्यका क्षेत्रमा च्याप्लिनले निकै ठूलो सफलता हात पारेका छन् । विभिन्न समाचार माध्यममा जनाइएअनुसार, च्यााप्लिनको जिवनका सुरुवाती चरण भने निकै कष्टप्रद थियो । तरपनि उनले आफूले जीवनमा जति नै दुख झेलेपनि अरुलाई भने हँसाइ नै रहे ।

यहाँ हामीले तिनै चर्चित हास्यव्यंग्यकार चार्ली च्याप्लिनका केही प्रेरणादायी भनाइहरु उल्लेख गरेका छौं । जुन भनाइ तपाईंका लागि जीवन उपयोगी र प्रेरणादायी बन्न सक्छन् ।

– तपाईं एउटा कुरा याद राख्नुहोस् की यो दुनियाँमा स्थायी भन्ने कुनैपनि चिज छैन, त्यसैले ढुक्क हुनुहोस् हाम्रो दुख पनि स्थायी होइन ।
– तपाईंको दुख अरुका लागि हाँसोको कारक बन्न सक्छ । तर, म कामना गर्छु तपाईंको हाँसो कहिल्यैपनि अरुका लागि दुखको कारक नबनोस् ।
– जब म एक्लै रुने गर्छु तब ऐना कहिल्यै हाँस्दैन त्यसैले ऐना मेरो जिवनको सबैभन्दा असल साथी हो ।
– तपाईंले कुनै दिन नहाँसीकन बिताउनु भयो भने तपार्ईंको त्यो दिन नै बर्बाद भयो ।
– म जहिले पनि झमझम झरी परेको समयमा घुम्न मन पराउँछु, ताकी कसैले पनि म रोएको नदेखोस् ।
– तपाईं मुस्कुराएर हेर्नुहोस् अनि थाहा पाउनुहुन्छ की जिवन अझै मूल्यवान रहेछ ।
– तपाईंले केही पनि गर्नुहुन्न भने कल्पना मात्र गर्नुको कुनै अर्थ रहँदैन ।
– तपाईंले तलमात्र हेरिरहनुभयो भने इन्द्रेणी कहिल्यैपनि भेट्टाउन सक्नुहुन्न ।
– सही समयमा गलत काम गर्नुभयो भने त्यो तपाईंका लागि विडम्बना हो ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहिबार  १० : ०० बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का