सहि समयमा गलत काम गर्नुभयो ? तपाईंका लागि विडम्बना– चार्ली च्याप्लिन « Khabarhub

सहि समयमा गलत काम गर्नुभयो ? तपाईंका लागि विडम्बना– चार्ली च्याप्लिन


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वकै महान हास्यव्यंग्यकारका रुपमा चिनिन्छन् – चार्ली च्याप्लिन । किनकी हास्यव्यंग्यका चासो राख्नेहरुमाझ उनको नाम लिंदा नचिन्ने कम नै हुन्छन् ।

हास्य व्यंग्यका क्षेत्रमा च्याप्लिनले निकै ठूलो सफलता हात पारेका छन् । विभिन्न समाचार माध्यममा जनाइएअनुसार, च्यााप्लिनको जिवनका सुरुवाती चरण भने निकै कष्टप्रद थियो । तरपनि उनले आफूले जीवनमा जति नै दुख झेलेपनि अरुलाई भने हँसाइ नै रहे ।

यहाँ हामीले तिनै चर्चित हास्यव्यंग्यकार चार्ली च्याप्लिनका केही प्रेरणादायी भनाइहरु उल्लेख गरेका छौं । जुन भनाइ तपाईंका लागि जीवन उपयोगी र प्रेरणादायी बन्न सक्छन् ।

– तपाईं एउटा कुरा याद राख्नुहोस् की यो दुनियाँमा स्थायी भन्ने कुनैपनि चिज छैन, त्यसैले ढुक्क हुनुहोस् हाम्रो दुख पनि स्थायी होइन ।
– तपाईंको दुख अरुका लागि हाँसोको कारक बन्न सक्छ । तर, म कामना गर्छु तपाईंको हाँसो कहिल्यैपनि अरुका लागि दुखको कारक नबनोस् ।
– जब म एक्लै रुने गर्छु तब ऐना कहिल्यै हाँस्दैन त्यसैले ऐना मेरो जिवनको सबैभन्दा असल साथी हो ।
– तपाईंले कुनै दिन नहाँसीकन बिताउनु भयो भने तपार्ईंको त्यो दिन नै बर्बाद भयो ।
– म जहिले पनि झमझम झरी परेको समयमा घुम्न मन पराउँछु, ताकी कसैले पनि म रोएको नदेखोस् ।
– तपाईं मुस्कुराएर हेर्नुहोस् अनि थाहा पाउनुहुन्छ की जिवन अझै मूल्यवान रहेछ ।
– तपाईंले केही पनि गर्नुहुन्न भने कल्पना मात्र गर्नुको कुनै अर्थ रहँदैन ।
– तपाईंले तलमात्र हेरिरहनुभयो भने इन्द्रेणी कहिल्यैपनि भेट्टाउन सक्नुहुन्न ।
– सही समयमा गलत काम गर्नुभयो भने त्यो तपाईंका लागि विडम्बना हो ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  १० : ०० बजे

अमेरिकी प्रतिबन्धबारे चीनले भन्यो : इरानसँगको सहकार्य अन्तर्राष्ट्रिय कानुनअनुसार

बेइजिङ- इरानमाथि अमेरिकाले पछिल्लो पटक लगाएको प्रतिबन्धबारे अर्को शक्ति राष्ट्र

सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : मन्त्री डा तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रविधिको तीव्र विकाससँगै

‘डन ३’ विवादमा रणवीर सिंह, ४५ करोड क्षतिपूर्तिको दाबीपछि ईम्पामा पुग्यो मुद्दा

काठमाडौं– बलिउड अभिनेता रणवीर सिंहको फिल्म ‘डन ३’ बाट बाहिरिने निर्णय

शान्तिका सम्भावित उपाय खोज्दै पाकिस्तानी सेना प्रमुख मुनीर इरानमा

इस्लामावाद- पाकिस्तानका सेना तथा रक्षा बल प्रमुख फिल्ड मार्सल असिम

सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  देश, समाज र जनताको