भक्तपुरमा उम्मेदवार छान्न नेकपालाई सकस, कांग्रेसले पठायो १० जनाको नाम « Khabarhub

भक्तपुरमा उम्मेदवार छान्न नेकपालाई सकस, कांग्रेसले पठायो १० जनाको नाम


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको आकाङ्क्षी धेरै भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भक्तपुरलाई उम्मेदवारको नाम छनोट गर्न सकस भएको छ ।

प्रदेश नं ३ अन्तर्गत भक्तपुर क्षेत्र नं १ (क) को प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि आकाङ्क्षी धेरै देखिएपछि नेकपालाई उम्मेदवार छनोट गर्न सकस भएको हो । एकसातादेखि पटक–पटक बसेको नेकपा भक्तपुरको बैठकले उम्मेदावरको नामावली टुङ्गोमा पुर्‍याउन नसकेपछि समस्या आएको हो ।

नेकपा सचिवालयले उपनिर्वाचनका लागि सकेसम्म एक र बढीमा तीन जनाको नाम कात्तिक १० गतेभित्र पठाउन भने पनि १८ जनाको नाम जिल्ला कमिटीमा आएपछि नाम छनोट गर्न सकस परेको नेकपाका नेता सोमप्रसाद मिश्रले जानकारी दिए ।

आज बस्ने बैठकले सकेसम्म एक जनाको, त्यसमा पनि नसके तीन जनाको र त्यसमा पनि विवाद भए १८ जनाकै नाम सिफारिश गरेर पठाउने तयारीमा रहेको उनले जानकारी दिए । उम्मेदवारको आकाङ्क्षी धेरै भएपछि नेकपा भक्तपुर जिल्ला कमिटीले उम्मेदवार सिफारिश गर्न दिलीप प्रजापति, सोम मिश्र, बचन देउजा र डिपी ढकाललाई जिम्मेवारी दिए पनि नाम टुङ्ग्याउन नसकेको उनको भनाइ छ ।

विसं २०७५ वैशाख ३१ गते प्रदेशसभा सदस्य हरिशरण लामिछानेको मस्तिष्कघातका कारण निधन भएपछि उक्त क्षेत्र रिक्त भएको हो । नेकपाभित्र रमेश बुढाथोकी, मोहनवीर श्रेष्ठ, रामबहादुर श्रेष्ठ, शम्भु दाहाल, दामोदर दङ्गाल, डिपी ढकाल, निर्मला लामिछाने, श्रीभक्त कासिछ्वालगायत १८ जनाको नाम बैठकमा आएको छ । यद्यपि बुढाथोकीले टिकट पाउने प्रवल सम्भावना रहेको नेकपामा चर्चा चलेको छ ।

यता नेपाली काङ्ग्रेसले समेत आकाङ्क्षी धेरै भएपछि केन्द्रीय समितिको निर्देशनविपरीत १० जनाको नाम केन्द्रमा पठाएको छ । केन्द्रीय समितिले तीन जनासम्मको नाम सिफारिश गर्न निर्देशन दिए पनि आकाङ्क्षी धेरै भएको र बैठकमा सहमति नभएपछि १० जनाको नाम सिफारिश गरेको काङ्ग्रेस भक्तपुर जिल्लाले जानकारी दिएको छ ।

पार्टी सभापति दुर्लभ थापाले आकाङ्क्षी धेरै भएपछि प्रदेशसभा स्तरीय कार्यसमितिबाट सिफारिश भएका १० जनाको नाम केन्द्रमा सिफारिश गरेको जानकारी दिए ।

काङ्ग्रेसले यादव अधिकारी, मनोज थापा, किरण काफ्ले, उद्धव खड्का, कृष्णलाल भँडेल, सुभद्रा काफ्ले, रूपा थापा, हरि नेपाल, विनोद कायस्थ र सुरेश श्रेष्ठको नाम केन्द्रमा सिफारिश गरेको जनाएको छ ।

गत निर्वाचनमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका हरिशरण लामिछानेले १२ हजार ७८९ मत ल्याएर निर्वाचित भएका थिए भने उनको निकटतम प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका जीवन खत्रीले नौ हजार ९७७ मत ल्याएका थिए । नेमकिपाका उम्मेदवार नीरज लवजुले सात हजार १९ मत प्राप्त गरेका थिए ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  १० : ३५ बजे

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशन

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति