भक्तपुरमा उम्मेदवार छान्न नेकपालाई सकस, कांग्रेसले पठायो १० जनाको नाम | Khabarhub Khabarhub

भक्तपुरमा उम्मेदवार छान्न नेकपालाई सकस, कांग्रेसले पठायो १० जनाको नाम


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको आकाङ्क्षी धेरै भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भक्तपुरलाई उम्मेदवारको नाम छनोट गर्न सकस भएको छ ।

प्रदेश नं ३ अन्तर्गत भक्तपुर क्षेत्र नं १ (क) को प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि आकाङ्क्षी धेरै देखिएपछि नेकपालाई उम्मेदवार छनोट गर्न सकस भएको हो । एकसातादेखि पटक–पटक बसेको नेकपा भक्तपुरको बैठकले उम्मेदावरको नामावली टुङ्गोमा पुर्‍याउन नसकेपछि समस्या आएको हो ।

नेकपा सचिवालयले उपनिर्वाचनका लागि सकेसम्म एक र बढीमा तीन जनाको नाम कात्तिक १० गतेभित्र पठाउन भने पनि १८ जनाको नाम जिल्ला कमिटीमा आएपछि नाम छनोट गर्न सकस परेको नेकपाका नेता सोमप्रसाद मिश्रले जानकारी दिए ।

आज बस्ने बैठकले सकेसम्म एक जनाको, त्यसमा पनि नसके तीन जनाको र त्यसमा पनि विवाद भए १८ जनाकै नाम सिफारिश गरेर पठाउने तयारीमा रहेको उनले जानकारी दिए । उम्मेदवारको आकाङ्क्षी धेरै भएपछि नेकपा भक्तपुर जिल्ला कमिटीले उम्मेदवार सिफारिश गर्न दिलीप प्रजापति, सोम मिश्र, बचन देउजा र डिपी ढकाललाई जिम्मेवारी दिए पनि नाम टुङ्ग्याउन नसकेको उनको भनाइ छ ।

विसं २०७५ वैशाख ३१ गते प्रदेशसभा सदस्य हरिशरण लामिछानेको मस्तिष्कघातका कारण निधन भएपछि उक्त क्षेत्र रिक्त भएको हो । नेकपाभित्र रमेश बुढाथोकी, मोहनवीर श्रेष्ठ, रामबहादुर श्रेष्ठ, शम्भु दाहाल, दामोदर दङ्गाल, डिपी ढकाल, निर्मला लामिछाने, श्रीभक्त कासिछ्वालगायत १८ जनाको नाम बैठकमा आएको छ । यद्यपि बुढाथोकीले टिकट पाउने प्रवल सम्भावना रहेको नेकपामा चर्चा चलेको छ ।

यता नेपाली काङ्ग्रेसले समेत आकाङ्क्षी धेरै भएपछि केन्द्रीय समितिको निर्देशनविपरीत १० जनाको नाम केन्द्रमा पठाएको छ । केन्द्रीय समितिले तीन जनासम्मको नाम सिफारिश गर्न निर्देशन दिए पनि आकाङ्क्षी धेरै भएको र बैठकमा सहमति नभएपछि १० जनाको नाम सिफारिश गरेको काङ्ग्रेस भक्तपुर जिल्लाले जानकारी दिएको छ ।

पार्टी सभापति दुर्लभ थापाले आकाङ्क्षी धेरै भएपछि प्रदेशसभा स्तरीय कार्यसमितिबाट सिफारिश भएका १० जनाको नाम केन्द्रमा सिफारिश गरेको जानकारी दिए ।

काङ्ग्रेसले यादव अधिकारी, मनोज थापा, किरण काफ्ले, उद्धव खड्का, कृष्णलाल भँडेल, सुभद्रा काफ्ले, रूपा थापा, हरि नेपाल, विनोद कायस्थ र सुरेश श्रेष्ठको नाम केन्द्रमा सिफारिश गरेको जनाएको छ ।

गत निर्वाचनमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका हरिशरण लामिछानेले १२ हजार ७८९ मत ल्याएर निर्वाचित भएका थिए भने उनको निकटतम प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका जीवन खत्रीले नौ हजार ९७७ मत ल्याएका थिए । नेमकिपाका उम्मेदवार नीरज लवजुले सात हजार १९ मत प्राप्त गरेका थिए ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  १० : ३५ बजे

कांग्रेसले भन्यो : रविमाथि छानबिन गर्न समिति नबनेसम्म संसदअघि बढ्दैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणबारे

सियरा लियोनमा विषाक्त खानाको कारण १०४ जना अस्पताल भर्ना

फ्रिटाउन – सियरा लियोनको राजधानी फ्रिटाउनमा एउटा कुकरी पसलबाट दूषित

प्रधानमन्त्रीलाई अघिल्लो पटकभन्दा बढी विश्वासको मत प्राप्त हुन्छ : माधव सापकोटा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले

आजका समाचार : संसदमा रविकाे जवाफ, विश्वासको मत रोक्न सर्वोच्चमा रिट

कांग्रेसलाई रविको प्रश्न : मैले गृहमन्त्री हुँदा नैतिकताको प्रश्न उठाउनेले

प्रादेशिक चलचित्र विकास बोर्ड गठन गर्छौँ : मुख्यमन्त्री कार्की

झापा– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चलचित्र क्षेत्रको समृद्धिका लागि