भारतमा नेपाली ‘लुटेराहरु’को ग्याङ, ताला तोड्दै गर्दा ५ जना पक्राउ « Khabarhub

भारतमा नेपाली ‘लुटेराहरु’को ग्याङ, ताला तोड्दै गर्दा ५ जना पक्राउ


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैंगलुरु– भारतीय राज्य कर्नाटकको बैंगलुरुमा ५ जना नेपाली पक्राउ परेका छन् ।

एउटा ग्याङ बनाएर सन् २००७ देखि चोरीमा संलग्न रहेको अभियोगमा प्रहरीले ५ जना नेपालीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ३० वर्षीय मंगल सिंह, मनोज बहादुर, सुदीप धामी, विशाल र विनोद कुमार छन् ।

ह्याइटफिल्ड डिभिजन पुलिस कार्यालय बैंगलुरुले शहरमा भएका ५ वटा चोरीका घटनाको अनुसन्धान गर्ने क्रममा ५ जना नेपालीहरु पक्राउ परेका हुन् ।

प्रहरीले पक्राउ परेका ५ जना नेपालीहरुको साथबाट ७.५ किलो चाँदी र केही विद्युतीय उपकरण बरामद गरिएको जनाएको छ । बरामद भएको सामग्रीको मूल्य करिब ४ लाख ५० हजार भारतीय रुपैयाँ हुन आउँछ ।

पक्राउ परेकाहरु नेपालको बझाङ जिल्लाका रहेका जनाइएको छ । उनीहरु लामो बिदाको सिजनमा चोरी गर्ने मौका छोपेर नेपालबाट बैंगलुरु पुग्ने गरेको प्रहरीको दावी छ ।

लामो बिदाको समयमा शहरका मानिसहरु गाउँ तथा छुट्टीमा जाँदा उनीहरुले घरमा पसेर चोरी गर्ने गरेको स्थानीय प्रहरीको भनाइ छ ।

उनीहरुले हालैको दशहरा (दशैं) बिदाको समयमा बन्द रहेका घरहरुले टार्गेटमा राखेका थिए ।

स्थानीय प्रहरी अधिकारीले उनीहरु एउटा घरको ताला तोड्दै गरेको अवस्थामा फक्राउ परेका जनाएका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  १० : १० बजे

काठमाडौंमा ‘जेन-जीसँग विप्लव अन्तरसंवाद’ कार्यक्रम

काठमाडौं – अखिल समाजवादी केन्द्रीय समितिले आज काठमाडौंमा ‘जेन-जीसँग विप्लव

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

एजेन्सी– रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने

मोरङ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले खस्किँदै गएको मुलुकको

कोलम्बियाको सैन्य बेसमा आक्रमण : ७ सैनिकको मृत्यु, ३० घाइते

काठमाडौं– कोलम्बियाको उत्तरपूर्वी शहर अगुआचिकामा रहेको एक सैन्य बेसमा विद्रोही

राष्ट्रपति पौडेलको असावधानीकै कारण प्रतिनिधिसभा विघटन भयो : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेका नेता महेश बर्तौलाले राष्ट्रपति रामचन्द्र पौडेलकै कारण