भुलेर पनि सँगै नखानुस् यी खानेकुरा, पुर्‍याउँछ गम्भिर असर « Khabarhub

भुलेर पनि सँगै नखानुस् यी खानेकुरा, पुर्‍याउँछ गम्भिर असर


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

सामान्यतया हामीले खाने अधिकांश खानेकुरामा कुनै न कुनै पोषकतत्व पाइने गर्छ । त्यसले हाम्रो शरिरलाई फाइदा गर्छ । तर व्यक्ति र उसको शरीरमा भएको रोग अनुसार सबैलाई सबै कुराले फाइदा पु¥याउँछ नै भन्ने छैन ।

यहाँ हामीले केही खानेकुराहरु उल्लेख गरेका छौं जुन कुरामा पोषकतत्व त भरपुर पाईन्छ तर एकैपटक भने खानु हुँदैन ।

कुन– कुन कुरा सँगै खान हुँदैन ?

– बाँसको तामा सँगै मह, दुध खान हुँदैन यसले वीर्य नास गर्छ ।
– दुधसँग घ्यु, अन्डा, रुखकटहर, कोदाको ढिंडो र फापरको ढिडो खानु स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।
– हाँस वा बकुल्लाको मासुसँग गेडागुडी र कालो दाल खानु हुँदैन । यसले शरिरमा क्यान्सरको जोखिम समेत बढाउन सक्छ ।
– तपाईंले निरन्तर रुपमा परेवाको मासु, दुध र मह खानुभयो भने गलगाँडको समस्या आउन सक्छ ।
– करेलासँग साग र भिण्डी पनि एकसाथ खान हुँदैन यसले अम्लपित्त बढाउन सक्छ ।
– दुधसँग काँचो केरा, आँप, ओखर, दारिम, नरिवल खानु हुँदैन ।
– माछा र सक्खर एकैपटक खायो भने त्यसले तपाईंको पित्तमा असर पु¥याउँछ ।
– भटमास र दुध एकैसाथ खायो भने पत्थरी हुने डर हुन्छ
– भिण्डी सँग दही मोहि, घ्यु, दुध खानु हुँदैन यसले पेटमा अम्लपित्त बढाउन सक्छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  १० : १४ बजे

गगन थापा सर्लाही झरेपछि क्रिकेट कमेन्टेटर तिमल्सिना बने काठमाडौं-४ का कांग्रेस उम्मेदवार

काठमाडौं- सभापति गगन थापाको निर्वाचन क्षेत्रमा कांग्रेसले क्रिकेट कमेन्टेटर सचिन

ओलीले टिकट नदिएका नेताहरू एमाले उम्मेदवारसँगै खटिए चुनावी मैदानमा

काठमाडौं- एघारौँ महाधिवेशनमा आफूलाई चुनौती दिएपछि अध्यक्षक केपी शर्मा ओलीले

सुधन गुरुङले गरे गोरखा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुधन गुरुङ गोरखा–१

सुनसरी-४ मा ज्ञानेन्द्र कार्कीले गराए उम्मेदवारी दर्ता

काठमाडौं- नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले उम्मेदवारी दर्ता गराएका छन्

काठमाडौं–२ बाट कुन्ती पोखरेलको उम्मेदवारी

काठमाडौं – काठमाडौं–२ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्ती पोखरेलले प्रतिनिधिसभा