प्रधानमन्त्रीको स्वास्थ्य अपडेट– फेरि डायलाइसिस गर्ने तयारी « Khabarhub

प्रधानमन्त्रीको स्वास्थ्य अपडेट– फेरि डायलाइसिस गर्ने तयारी


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक डायलाइसिस गर्ने तयारी गरिएको छ ।

बुधवार(हिजो) ग्राण्डी अस्पताल भर्ना गरिएका प्रधानमन्त्री ओलीको आज पुन डायलाइसिस गर्ने तयारी गरिएको हो ।

हिजो अस्पताल पुगेसँगै ओलीलाई आइसीयूमा राखिएको थियो ।

स्वास्थ्य अवस्था सामान्य भनिएपनि हिजै प्रधानमन्त्रीको पहिलोपटक डायलाइसिस गरिएको थियो ।

पहिलोपटक गरिएको डायलाइसिस गरिएपनि त्यसबाट सुधार नभएपछि आज पुन डायलाइसिस गर्न लागिएको अस्पताल श्रोतको भनाइ छ ।

श्रोतका अनुसार प्रधानमन्त्रीको रगतमा क्रियाटिनको मात्रा बढी देखिएको छ र डायलाइसिसबाट पनि सुधार आएको छैन ।

प्रधानमन्त्रीको शरीर केही फुलेको र सामान्य ज्वरो पनि आइरहेको छ ।

प्रधानमन्त्रीकी निजी चिकित्सक प्राडा दिव्या सिंह शाह र अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले हिजो साँझ जारी गरेको विज्ञप्तिमा प्रधामन्त्रीको अवस्था सामान्य भएको र आजसम्मा डिस्चार्ज गर्ने बताइएको थियो ।

यसैबीच प्रधानमन्त्री ओलीको मिर्गौला पुन प्रत्यारोपण गर्ने तयारी गरिएको छ । मिर्गौलामा थप समस्या देखिएपछि डाइलाइसिस गरिएको छ र यदी त्यसले काम गरेन भने मिर्गौला प्रत्यारोपणको तयारी गरिएको छ ।

प्रधानमन्त्री ओली भदौ ५ गते सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचारका लागि गएका थिए । त्यहाँ ‘प्लाज्मा फेरासिस’ गरेर प्रधानन्त्री ओली स्वदेश फकिएका थिए ।

शरीरबाट ‘एन्टिबडिज’ हटाउनका लागि प्रधानमन्त्रीको ‘प्लाज्मा फेरेसिस’ गरिएको थियो । प्लाज्मा फेरेसिसबाट मिर्गौलालाई फाइदा नपुगे डायलाइसिसमा जानुपर्ने र त्यसबाट पनि नभएर मिर्गौला प्रत्यारोपण गर्नुपर्ने चिकित्सकहरु बताउँछन् ।

सिंगापुरमा गरिएको प्लाज्मा फेरेसिसले राम्रो काम नगरेपछि हिजो प्रधानमन्त्रीको डायलाइसिस गरिएको हो । डायलाइसिसबाट कुनै सुधार नभए प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको तयारी गरिएको उच्च श्रोतले खबरहबलाई जानकारी दियो ।

‘डायलाइसिसले पनि भएन भने प्रधानमन्त्रीको मिर्गौला ट्रान्सप्लान्ट गर्ने तयारी गरिएको छ,’ श्रोतले खबरहबसँग भन्यो,‘मिर्गौला फेर्नका लागि उपयुक्त मानिस पनि तय भइसकेको छ । सम्भव भएसम्म स्वदेशमै ट्रान्सप्लान्ट गर्ने तयारी गरिएको छ ।’

१२ वर्षअघि भारतको अस्पतालमा ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो । बुहारी अन्जना घिमिरे ओलीले त्यसबेला केपी ओलीलाई मिर्गौला दान गरेकी थिइन् ।

मिर्गौला रोग विशेषज्ञ भन्छन्– प्रत्यारोपण नै विकल्प

मिर्गौला रोग विशेषज्ञ प्राडा प्रमोद क्षेत्री दुई चारपटक डायलाइसिस गर्दा पनि मिर्गौलाले राम्रोसँग कम गरेन भने प्रत्यारोपणको विकल्प नभएको बताउँछन् ।

‘दुईरचार पटक डायलाइसिस गर्दा पनि रिकभर भएन, किड्नीले यथेष्ट काम गरेन, क्रेटिना फालिरह्यो भने प्रत्यारोपण बाहेक अर्को विकल्प छैन’ डा क्षेत्रीले भने,‘प्रत्यारोपण गर्ने पर्ने हुन्छ । तर कुनै कुनै घटनाहरुमा दुईरचार पटक डायलाइसिस गरेपछि किड्नीले काम पनि गर्न सक्छ । त्यसो भयो भने प्रत्यारोपण गर्नुपर्दैन ।’

प्रधानमन्त्रीको हिजो बुधवार नै डायलाइसिस गरिएको र १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको हुनाले पुन प्रत्यारोपण नै उपयुक्त विकल्प हुने उनको भनाइ छ ।

प्रधानमन्त्रीको मिर्गौला पुन प्रत्यारोपण गर्नु परेको खण्डमा नेपालका चिकित्सकले त्यसको खतरा मोल्न नसक्ने उनी बताउँछन् ।

‘प्रविधी र प्राविधिक हिसावले विदेशी अस्पताल भन्दा नेपालका अस्पताल कमजोर छन्,’ उनले भने, ‘त्यसकारण यदी प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्ने पर्ने भयो भने सायद नेपाली चिकित्सकले खतरा मोल्न चाहदैनन् होला ।’

पहिलोपटक डायलाइसिस गरेपछि कमजोर महशुस हुने र आराम गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  १२ : ०१ बजे

गृहमन्त्री सुधनबारे रवि-बालेन गम्भीर, स्पष्टीकरण चित्त नबुझे हटाउने तयारी

काठमाडौं- गृहमन्त्री सुधन गुरुङबारे सार्वजनिक रूपमा प्रश्न उठेपछि पार्टी सभापति

गृहमन्त्रीको संकट गरिहिँदा बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं- गृहमन्त्री सुधन गुरूङ विवादमा परेसँगै प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को

हर्कले भने : गृहमन्त्री धेरै विवादमा परे, राजीनामा दिनु नै उचित हुन्छ

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्रीले मार्गप्रशस्त गर्न

नैनसिंह महरको आरोप : सरकारले दुईतिहाइको दम्भ देखाएर जनताका समस्या भुल्यो

काठमाडौं- नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीभित्रको एकता वर्तमान राजनीतिक

राजीनामाको दबाबबीच रविलाई भेट्न बूढानीलकण्ठमा गृहमन्त्री सुधन

काठमाडौं- एकपछि अर्को विवादमा परेपछि राजीनामाको दबाबबीच गृहमन्त्री सुधन गुरूङ