प्रधानमन्त्रीको दोस्रोपटक डायलाइसिस गरियो, तेस्रो पटक पनि गर्ने तयारी « Khabarhub

प्रधानमन्त्रीको दोस्रोपटक डायलाइसिस गरियो, तेस्रो पटक पनि गर्ने तयारी


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक डायलाइसिस गरिएको छ ।

ग्राण्डी अस्पतालमा विहीवार(आज) विहान ११ बजेबाट प्रधानमन्त्री ओलीको डायलाइसिस शुरु गरिएको अस्पताल श्रोतले जानकारी दियो ।

प्रधानमन्त्री ओलीको पुनः भोलि(शुक्रवार) तेस्रोपटक डायलाइसिस गर्ने तयारी गरिएकाले उनी केही दिन अस्पतालमै रहेन श्रोतको भनाइ छ ।

चिकित्सकहरुका अनुसार हप्तामा तीनपटक डायलाइसीस गर्न मिल्छ ।

हिजो धापासीस्थित ग्राण्डी अस्पताल पुगेसँगै ओलीलाई आइसीयूमा राखेर डायलाइसिस गरिएको थियो ।

पहिलोपटक गरिएको डायलाइसिस गरिएपनि त्यसबाट सुधार नभएपछि आज पुन डायलाइसिस गरिएको हो ।

श्रोतका अनुसार प्रधानमन्त्रीको रगतमा क्रियाटिनको मात्रा बढी देखिएको छ र डायलाइसिसबाट पनि सुधार आएको छैन ।

यसैबीच प्रधानमन्त्री ओलीको मिर्गौला पुन प्रत्यारोपण गर्ने तयारी गरिएको छ । मिर्गौलामा थप समस्या देखिएपछि डाइलाइसिस गरिएको छ र यदी त्यसले काम गरेन भने मिर्गौला प्रत्यारोपणको तयारी गरिएको छ ।

प्रधानमन्त्री ओली भदौ ५ गते सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचारका लागि गएका थिए । त्यहाँ ‘प्लाज्मा फेरासिस’ गरेर प्रधानन्त्री ओली स्वदेश फकिएका थिए ।

शरीरबाट ‘एन्टिबडिज’ हटाउनका लागि प्रधानमन्त्रीको ‘प्लाज्मा फेरेसिस’ गरिएको थियो । प्लाज्मा फेरेसिसबाट मिर्गौलालाई फाइदा नपुगे डायलाइसिसमा जानुपर्ने र त्यसबाट पनि नभएर मिर्गौला प्रत्यारोपण गर्नुपर्ने चिकित्सकहरु बताउँछन् ।

सिंगापुरमा गरिएको प्लाज्मा फेरेसिसले राम्रो काम नगरेपछि हिजो प्रधानमन्त्रीको डायलाइसिस गरिएको हो । डायलाइसिसबाट कुनै सुधार नभए प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको तयारी गरिएको उच्च श्रोतले खबरहबलाई जानकारी दियो ।

‘डायलाइसिसले पनि भएन भने प्रधानमन्त्रीको मिर्गौला ट्रान्सप्लान्ट गर्ने तयारी गरिएको छ,’ श्रोतले खबरहबसँग भन्यो,‘मिर्गौला फेर्नका लागि उपयुक्त मानिस पनि तय भइसकेको छ । सम्भव भएसम्म स्वदेशमै ट्रान्सप्लान्ट गर्ने तयारी गरिएको छ ।’

१२ वर्षअघि भारतको अस्पतालमा ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो । बुहारी अन्जना घिमिरे ओलीले त्यसबेला केपी ओलीलाई मिर्गौला दान गरेकी थिइन् ।

मिर्गौला रोग विशेषज्ञ प्राडा प्रमोद क्षेत्री दुई चारपटक डायलाइसिस गर्दा पनि मिर्गौलाले राम्रोसँग कम गरेन भने प्रत्यारोपणको विकल्प नभएको बताउँछन् ।

‘दुईरचार पटक डायलाइसिस गर्दा पनि रिकभर भएन, किड्नीले यथेष्ट काम गरेन, क्रेटिना फालिरह्यो भने प्रत्यारोपण बाहेक अर्को विकल्प छैन’ डा क्षेत्रीले भने,‘प्रत्यारोपण गर्ने पर्ने हुन्छ । तर कुनै कुनै घटनाहरुमा दुईरचार पटक डायलाइसिस गरेपछि किड्नीले काम पनि गर्न सक्छ । त्यसो भयो भने प्रत्यारोपण गर्नुपर्दैन ।’

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  १२ : २६ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको