प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे नेताहरु, भेट्न भने पाएनन् « Khabarhub

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे नेताहरु, भेट्न भने पाएनन्


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरु ग्राण्डी अस्पताल पुगेका छन् ।

नेकपाका प्रवक्ता एवम् सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ, नेता भीम रावललगायत ओलीको अवस्था बुझ्न उनी उपचाररत ग्राण्डी अस्पताल पुगेका हुन् ।

स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका नेताहरुले प्रधानमन्त्री ओलीलाई भने भेट्न पाएनन् ।

नेकपा प्रवक्ता श्रेष्ठले अस्पतालका निर्देशक चक्र राज पाण्डेसँग प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिएको बताए ।

प्रवक्ता श्रेष्ठले चिकित्सकहरुले प्रधानमन्त्रीको अवस्था एकदमै ठीक रहेको भनेर आफूलाई जानकारी दिएको बताएका छन् ।

यस्तै, नेता भीम रावलले पनि प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलाइसिस भइरहेकाले भेट्न नपाएको बताए ।

‘अहिले प्रधानमन्त्रीज्यूको मिर्गौलाको डायलासिस हुँदै छ । चिकित्सकहरुले डायलासिसको आधा प्रक्रिया पूरा भएको जानकारी दिएका छन्,’ रावलले भने, ‘हामीले प्रधानमन्त्रीज्यूलाई भेट्न पाएनौं । चिकित्सकहरुसँगै उहाँको स्वास्थ्य अवस्था बुझ्यौं ।’

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  १ : २६ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको

म्याग्दीको रत्नेचौर–भकुण्डे सडक : कालोपत्र गरिएको सडकमा खाल्डैखाल्डा

म्याग्दी– बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्सबीच सहकार्य

काठमाडौं– यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच

राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब