महेश बस्नेतलाई ठूलो राहत, उच्च अदालतले खारेज गरिदियो शोभा पाठकको रिट « Khabarhub

महेश बस्नेतलाई ठूलो राहत, उच्च अदालतले खारेज गरिदियो शोभा पाठकको रिट


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


639
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध धादिङकी शोभा पाठकले दर्ता गराएको पुरक रिट उच्च अदालत पाटनले खारेज गरिदिएको छ ।

पाठकले बस्नेतविरुद्ध जबरजस्ती करणीको आरोप लगाउँदै मुद्दा दायर गरेकी थिइन् । तर उक्त मुद्दा नचलाउने निर्णय जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले गरेको थियो ।

त्यसपछि शोभाले मूल रिटसँगै पुरक निवेदन पनि उच्च अदालतमा दिएकी थिइन् । तर बुधबार उच्च अदालतका न्यायाधीश सोमकान्त मैनाली र केशव अधिकारीको संयुक्त इजलासले पाठकको रिट खारेज गरिदिएको हो ।

उच्चको यो कदमले बस्नेतविरुद्ध मुद्दा नचलाउने जिल्ला सरकारी वकिल, काठमाडौंको निर्णय पनि सदर भएको छ।

पाठकले जिल्ला प्रहरी परिसर काठमाडौंमा बस्नेतविरुद्ध बलात्कारसम्बन्धी मुद्दामा उजुरी दिएकी थिइन्। उनको उजुरीमा दाबी नपुगेको भन्दै सरकारी वकिलले मुद्दा नचलाउने निर्णय गरेका थिए ।

उक्त निर्णयविरुद्ध पाठक उच्च अदालत गएकी थिइन्। उच्च अदालतको यस फैसलासँगै महेश बस्नेतविरुद्ध पाठकको आरोप पनि कानुनी रुपमै खारेज भएको छ।

रिट खारेज गर्ने आदेशसँगै बस्नेतले तीन वर्षदेखि भोग्दै आएको दुःख अन्त्य भएको बताएका छन्।

‘झूटा मुद्दा र बनावटी विवरण पेश गरेर राजनीतिक आग्रह बोकेका केही व्यक्तिहरूको उक्साहटमा ममाथि लगाइएका आरोपहरू पहिलो पटकमै खारेज भएका थिए। त्यसपछि पूरक जाहेरीका नाममा गरिएको दोस्रो प्रयास पनि उच्च अदालतबाट खारेज भएको छ’, उनले बुधबार भने ।

बस्नेतले आफ्नो चरित्रहत्या गरिएको र परिवारलाई समेत अनावश्यक दुःख दिइएको गुनासो गरेका छन्।

गृहमन्त्री सुधन गुरुङको निर्देशनमा पक्राउ गर्ने दुष्प्रयास भएको भन्दै उनले यी सम्पूर्ण घटनाविरुद्ध कानुनी उपचारमा जाने बताएका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  ६ : २० बजे

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी – बैतडीको दोगडाकेदार गाउँपालिका–५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग

जेनजी आन्दोलनको एक वर्ष : सरकारलाई ‘सही ट्रयाकमा फर्किन’ चेतावनी

काठमाडौँ – जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनको एक वर्ष पूरा

सामाजिक सञ्जालमा अफवाह र घृणास्पद सामग्री फैलाउनेविरुद्ध प्रहरी आक्रामक

काठमाडौँ – सामाजिक सञ्जालमार्फत गलत सूचना, भ्रामक प्रचार र जातीय

एसिसी प्रिमियर कप : समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा

कृष्णभीरमा सडक भासिँदा लमजुङ-काठमाडौँ यात्रामा सास्ती

लमजुङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौँ आवतजावत