ट्वीटरले राजनीतिक विज्ञापनमाथि प्रतिबन्ध लगाउँने | Khabarhub Khabarhub

ट्वीटरले राजनीतिक विज्ञापनमाथि प्रतिबन्ध लगाउँने


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सामाजिक सञ्जाल ट्वीटरले विश्वभर नै राजनीतिक विज्ञापनमाथि प्रतिबन्ध लगाउने भएको छ । उसले आफूलाई राजनीतिक विज्ञापन गर्ने थलो बन्न नदिने निर्णय गरेको हो ।

माइक्रो ब्लगिङ साइट ट्वीटरको यो निर्णय आगामी नोभेम्बर २२ देखि कार्यान्वयनमा आउने छ । ट्वीटरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्याक डोर्सीले आफै ट्वीट गर्दै यसबारे जानकारी सार्वजनिक गरेका हुन् । उनले राजनीतिक विज्ञापनमाथि प्रतिबन्ध लगाउनुका केही कारण पनि पेस गरेका छन् ।

राजनीतिक सन्देश मानिसहरुमा पुग्न आवश्यक रहेको उल्लेख गर्दै उनले तर यसलाई खरिद गर्न भने नहुने तर्क गरेका छन् ।
उनले भनेका छन्, ‘इन्टरनेबाट हुने विज्ञापन अत्यन्तै शक्तिशाली र प्रभावकारी हुन्छ । यो व्यावासका लागि ठीकै हो तर राजनीतिमा भने ठूलो जोखिन निम्त्याउन सक्छ ।’

यसको विपरित अर्को सामाजिक सञ्जाल फेसबुकले भने यसअघि नै राजनीतिक विज्ञापनमाथि प्रतिबन्ध नलगाउने घोषणा गरिसकेको छ ।
व्यवसायिक रुपमा इन्टरनेटबाट हुने विज्ञापन अत्यन्तै शक्तिशाली र प्रभावकारी हुने भएपनि यो शक्तिले राजनीतिमा महत्वपूर्ण जोखिम निम्त्याउने सीईओ डोर्सीले भनेका छन् ।

ट्वीटरको यो निर्णयले अमेरिकी राजनीतिमा भने तरंग ल्याएको छ । सन् २०२० मा हुने राष्ट्रपति निर्वाचनमा यसको प्रभाव पर्ने भन्दै राजनीतिज्ञदेखि सर्वसाधारण मानिसहरु पक्ष–विपक्षमा विभाजित भएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पका चुनावी प्रचारका म्यानेजर ब्रेड पास्कलले ट्रम्प र कन्जरभेटिब्स पार्टीलाई कमजोर बनाउने प्रयास अनुसार यस्तो निर्णय आएको आरोप लगाएका छन् ।

उता राष्ट्रपति निर्वाचनमा ट्रम्पका प्रतिद्वन्द्वी जो बाइडनका प्रवक्ता बिल रुसोले भने यसबाट लोकतन्त्रको जीत हुने भन्दै खुशी व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  २ : ०४ बजे

सुरेन्द्र र युवराजले केपीलाई घेर्दा जब मौन बसे ईश्वर पोखरेल…

काठमाडौं- १ साउनमा ललितपुरको च्यासलमा बसेको नेकपा (एमाले) सचिवालय बैठकमा

संसद्‍मा प्रधानमन्त्रीको जवाफ- भ्रष्टाचारका कुनै पनि घटनालाई सहन सकिँदैन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाइएको

मदन भण्डारीकी छोरीको मार्मिक स्टाटस : नोटिसमा लिनु होला !

काठमाडौं । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको २०५० सालमा

विद्या भण्डारी नरोकिने

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूसँग

पेट्रोलियम पदार्थ आयातबाट ८० अर्ब ९२ करोड राजस्व संकलन

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै गत आर्थिक वर्षमा एक खर्ब ९१