प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न ग्राण्डी अस्पताल पुगे प्रचण्ड | Khabarhub Khabarhub

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न ग्राण्डी अस्पताल पुगे प्रचण्ड


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ग्राण्डी अस्पताल पुगेका छन् ।

नेकपा अध्यक्ष प्रचण्ड केही समय अगाडि मात्रै पार्टीका अर्का अध्यक्ष एवम् प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल आइपुगेका हुन् ।

स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओली बुधबार ग्राण्डी अस्पताल भर्ना भएका थिए । ग्राण्डी अस्पतालमा भर्ना भएपछि बुधबारै प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलासिस गरिएको जनाइएको छ ।

बिहीबार पनि प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलासिस हुँदै छ ।

केही समय अगाडि मात्रै नेकपाका प्रवक्ता प्रवक्ता एवम् सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ, नेता भीम रावललगायत ओलीको अवस्था बुझ्न अस्पताल पुगेका थिए ।

प्रधानमन्त्रीको मिर्गौलाको डायलासिस जारी रहेका कारण श्रेष्ठ र रावलले भने उनलाई भेट्न पाएनन् ।

सञ्चारकर्मीसँग कुराकानी गर्दै नेकपा प्रवक्ता श्रेष्ठले अस्पतालका निर्देशक चक्र राज पाण्डेसँग प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको बताए ।

प्रवक्ता श्रेष्ठले चिकित्सकहरुले प्रधानमन्त्रीको अवस्था एकदमै ठीक रहेको भनेर आफूलाई जानकारी दिएको बताएका छन् ।

यस्तै, नेता भीम रावलले पनि प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलाइसिस भइरहेकाले भेट्न नपाएको बताए ।

‘अहिले प्रधानमन्त्रीज्यूको मिर्गौलाको डाइलासिस हुँदै छ । चिकित्सकहरुले डाइलासिसको आधा प्रक्रिया पूरा भएको जानकारी दिएका छन्,’ रावलले भने, ‘हामीले प्रधानमन्त्रीज्यूलाई भेट्न पाएनौं । चिकित्सकसँगै उहाँको स्वास्थ्य अवस्थाबारे बुझ्यौं ।’

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  २ : ०८ बजे

माओवादीको स्थायी कमिटी र केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी कमिटी र केन्द्रीय समितिको बैठक

लगातार चौथो खेलसम्म विजयबिहीन चेल्सी : प्यालेससँग बराबरीमा रोकियो

काठमाडौं – इङ्लिस प्रिमियर सिपमा चेल्सीको विजयबिहीन यात्रा लगातार चौथो

एमाले केन्द्रीय समिति बैठक आजदेखि 

काठमाडौं– सत्तारूढ दल नेकपा एमालेको केन्द्रीय समिति बैठक आजदेखि सुरु

सिटीको फराकिलो जित : वेस्ट हामको पोस्टमा चार गोल

काठमाडौं – तीन महिनापछि एर्लिङ हलान्डले प्रिमियर सिपको एकै खेलमा

चार प्रदेशमा वर्षाको सम्भावना

काडमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल