‘भीआईपी जुवाडे’विरुद्ध अनुसन्धान गर्न ७ दिनको म्याद थप « Khabarhub

‘भीआईपी जुवाडे’विरुद्ध अनुसन्धान गर्न ७ दिनको म्याद थप


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत आइतबार काठमाडौंको महाराजगञ्जबाट जुवा खेल्दाखेल्दै पक्राउ परेका २५ जनाविरुद्ध अनुसन्धान गर्न  जिल्ला प्रशासन कार्यालय काठमाडौंले ७ दिनको म्याद थप गरेको छ ।

गत आइतबार पक्राउ परेका २५ जनाविरुद्ध नै ७ दिनको म्याद थप भएको महानगरीय प्रहरी बृत्त महाराजगञ्जका प्रमुख (डिएसपी) उमेश लम्सालले जानकारी दिए ।

आइतबार पक्राउ परेका उनीहरु यसअघि नै ५ दिन हिरासतमा रहिसकेका छन् । प्रहरीले अबथ प २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाउने छ ।

जुवाखालबाट पक्राउ परेकामध्ये १४ जनाले भने सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए । उनीहरुको रिटमाथि सर्वोच्चमा बिहीबार पनि सुनुवाई जारी छ ।

प्रहरीले गत आइतबार काठमाडौं महानगरपालिका–३ महारजगञ्ज (पिपलमार्ग)बाट जुवा खेल्दाखेल्दै २५ जनालाई पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरुको साथबाट २ करोड ६७ लाख रुपैयाँ नगद र ३ लाख रुपैयाँ बराबर बैंकको चेक बरामद भएको थियो ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  २ : ४९ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको