प्रधानमन्त्री ओली केहीबेरमा डिस्चार्ज हुने « Khabarhub

प्रधानमन्त्री ओली केहीबेरमा डिस्चार्ज हुने


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपचाररत प्रधानमन्त्री केपी शर्मा ओली आज अपस्तालबाट डिस्चार्ज हुने भएका छन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न धापासीस्थित ग्राण्डी अस्पताल पुगेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्री आज डिस्चार्ज हुने जानकारी दिएका हुन् ।

प्रधानमन्त्रीसँग एक घण्टाभन्दा बढी समय भेट गरेका प्रचण्डले अहिले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्रीको मिर्गौलाको हिजो र आज गरी दुई पटक डायलासिस गरिएको छ । थप डायलासिस गर्नु पर्ने वा नपर्ने भन्नबारे अहिले नै चिकित्सकहरुले नबताएको जानकारी दिए । उनले भने, ‘अवस्था हेरेर गर्नु पर्ने पनि हुन सक्ने चिकित्सकले बताएका छन् ।’

डायलासिसपछि प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेकाले केही समय आराम गरेर उनी बालुवाटार फर्किने अध्यक्ष प्रचण्डले जानकारी दिए ।

स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओली हिजो (बुधबार) बिहान ९ बजे ग्राण्डी अस्पताल पुगेका थि‍ए ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  ३ : २४ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना