कपिलवस्तुमा मारिने व्यक्ति भारतीय नागरिक भएको खुलासा « Khabarhub

कपिलवस्तुमा मारिने व्यक्ति भारतीय नागरिक भएको खुलासा


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हिन्दू र मुस्लिम समूदायबीचको झडपले तनावग्रस्त बनेको कपिलवस्तुको कृष्णपुरमा गोली लागेर ज्यान गुमाउने व्यक्ति भारतीय नागरिक भएको खुलेको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत मनोज कुमार सैनीले कपिलवस्तुको कृष्णपुरमा मारिने व्यक्ति भारतीय नागरिक सुरजकुमार पाण्डे भएको जानकारी दिए । पाण्डे भारतीय राज्य उत्तर प्रदेशको सिद्धार्थनगर जिल्लाको बरौनीका स्थानीय रहेको खुल्न आएको प्रशासकीय अधिकृत सैनीले खबरहबलाई जानकारी दिए ।

स्थानीयहरुले प्रहरीको गाेली लागि एक युवकको ज्यान गएको बताएका थिए । तर, प्रहरीले भने आफ्नो तर्फबाट गोल नलचेलेको दाबी गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दीपशम्शेर राणाले प्रहरीका तर्फबाट गोली नचलेकाे बताए । उनले भने, ‘पाण्डेको मृत्यु गोली लागेरै भएको देखिन्छ । तर, हामीले गोली चलाएका छैनौं । घूसपैठको सम्भावना छ । अवस्था सामान्य भइसकेको छैन ।’

प्रहरीका अनुसार स्थानीय राजनीतिक दलका नेता, जनप्रतिनिधिसमेत नगरपालिकामा नभएकाले समन्वय गर्न असहज भइरहेको छ ।

कृष्णनगरमा बुधबार लक्ष्मीपूजाको मूर्ति विसर्जन गर्न जाँदा विसर्जन पक्षधर र अर्को समुदायका व्यक्तिबीच झडप भएको थियो ।

स्थानीय मुस्लिम समुदायका केही व्यक्तिहरुले मूर्ति विसर्जन गर्न आफूहरुको बाटो प्रयोग गर्न नदिने बताएपछि विवाद सिर्जना भएको थियो । बुधबार साँझ नै स्थिति नियन्त्रणमा लिन प्रहरीले २० राउण्ड बढी आश्रुग्यास प्रहार गरेको थियो ।

विवादका कारण लक्ष्मीपूजाको मूर्ति अझै विसर्जन हुन सकेको छैन । बिहिबार बिहानैबाट अवस्था बिग्रँदै गएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेको छ ।

प्रदर्शनकारीसँगको झडपमा ५ जना प्रहरी समेत घाइते भएका बताइएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  ४ : ०० बजे

नेपालको सूचना प्रविधि क्षेत्रमा लगानी गर्न अमेरिकी कम्पनी इच्छुक

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र संयुक्त राज्य

नेपाल-अमेरिका सम्बन्ध सुदृढीकरणबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग संयुक्त राज्य अमेरिकाका सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री

गुरुराज घिमिरेले भने- अगली बार गगन सरकार

बुटवल– नेपाली कांग्रेसका महामन्त्री गुरु बरालले अगली बार गगन सरकार

सीमाबारे प्रधानमन्त्रीले राखेको अभिव्यक्तिप्रति विमति छ : उपसभापति शर्मा

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सीमाका बारेमा प्रधानमन्त्रीले सदनमा