तिहारमा १५ करोड रुपैयाँको फूलको माला खपत « Khabarhub

तिहारमा १५ करोड रुपैयाँको फूलको माला खपत


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विगतका वर्षभन्दा यो वर्षको तिहारमा फूलको खपत बढेको छ । गत वर्ष २२ लाख माला बिक्री भएको थियो भने यसपालीको तिहारमा बढेर साढे २७ लाख माला बिक्री भएको छ ।

फूलैफूलको पर्वका रुपमा मानिने तिहारमा १५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले जनाएको छ ।

तिहारको ५ दिनको अवधिमा करिब २५ लाख माला खपत हुने अनुमान हामीले गरेका थियौं’ फ्यानका अध्यक्ष कुमार कसजुले खबरहबसँग भने ‘सोचेभन्दा बढीको कारोबार भयो ।’

बजार पाएन स्वदेशी फूलले

अघिल्ला वर्षहरुमा झै यसपटकको तिहारमा पनि भारतबाट आयात गरिएका फूलका मालाले बजारमा वर्चस्व जमायो ।

तिहार अघि फ्यानले भारतबाट साढे २ लाख फूलको माला आयत गरिने जनाएको थियो । तर तिहार सुरु हुनासाथ बजारमा भारतीय फूलका माला सस्तो मुल्यमा छ्याप्छ्याप्ती बिक्री हुँदा नेपाली पुष्प व्यवसायी भने मर्कामा परे ।

सस्तो मूल्यका भारतीय माला बजारमा आएसँगै लक्ष्मी पूजाका दिन नेपाली पुष्प व्यवसायीहरु आन्दोलनमै उत्रिए ।

भारतबाट अवैध रुपमा फूल भित्रदा स्वदेशमा उत्पादन भएका फूलले बजार नपाएको भन्दै व्यवसायीहरु आन्दोलित बनेका थिए । अवैध रुपमा आएका फूलबारे सरकारी निकायलाई जानकारी गराउँदा पनि कुनै निकायले चासो नदेखाएको फ्यानले जनाएको छ ।

आयतलाई प्रतिस्थापन गर्न कठिनाई

यस्तो अवस्था अहिले मात्र होइन विगतका वर्षहरुमा पनि हुने गर्थे । जसकारण नेपाली उत्पादनले भारतीय फूलसँग प्रतिस्पर्धा गर्न नसक्ने भन्दै किसानहरुले फूलको माला बजारमा ल्याउनै छाडेको फ्यानका अध्यक्ष कसजुको भनाइ छ ।

‘भारतबाट अवैध रुपमा भित्रिएका सयपत्री फूलको माला बजारमा ५० रुपैयाँमै बेचिन थालियो’ उनले भने, ‘स्वदेशी मालाको मुल्य ६० देखि ७० सम्म तोकिएको थियो । बजार मूल्यमा भएको प्रतिस्पर्धाका कारण स्वदेशी भन्दा विदेशी माला नै बढी बिक्री भयो ।’

कसजुका अनुसार यसले नेपाली पुष्प व्यवसायीहरु चिन्तित बनेका छन् । महिनौदेखिको मेहनत र संघर्षमा समेत असर पुगेको उनले बताए ।

बजारको मागभन्दा नेपाली फूल कम उत्पादन भएको थियो । यस्तो अवस्थामा व्यवसायीले उचित मूल्य पाउनु पर्नेमा कम मूल्यमा बेच्नु पर्ने अवस्था आयो’ उनले भने, ‘यो सबै भारतबाट भित्रिएका अवैध फूलका कारण भएको हो ।’

आयतलाई प्रतिस्थापन गर्न नसक्नुमा सरकारी निकायकै वेवास्ता रहेको र यसले पुष्प व्यवसायीहरुमा थप निरासा ल्याएको कसजुको भनाई छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  ५ : ४५ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यी फुटबलर, जसले विश्वकपपछि चम्काए आफ्नो करिअर

काठमाडौं- कल्पना गर्नुहोस्- एउटा खेलाडीमाथि विश्वकपअघि आफ्नै देशबाहिर धेरैको नजरमा

आईपीपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

काठमाडौँ– विद्युत् व्यापार विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरू (आईपीपी)बीच भएको

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर