तिहारमा १५ करोड रुपैयाँको फूलको माला खपत « Khabarhub

तिहारमा १५ करोड रुपैयाँको फूलको माला खपत


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विगतका वर्षभन्दा यो वर्षको तिहारमा फूलको खपत बढेको छ । गत वर्ष २२ लाख माला बिक्री भएको थियो भने यसपालीको तिहारमा बढेर साढे २७ लाख माला बिक्री भएको छ ।

फूलैफूलको पर्वका रुपमा मानिने तिहारमा १५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले जनाएको छ ।

तिहारको ५ दिनको अवधिमा करिब २५ लाख माला खपत हुने अनुमान हामीले गरेका थियौं’ फ्यानका अध्यक्ष कुमार कसजुले खबरहबसँग भने ‘सोचेभन्दा बढीको कारोबार भयो ।’

बजार पाएन स्वदेशी फूलले

अघिल्ला वर्षहरुमा झै यसपटकको तिहारमा पनि भारतबाट आयात गरिएका फूलका मालाले बजारमा वर्चस्व जमायो ।

तिहार अघि फ्यानले भारतबाट साढे २ लाख फूलको माला आयत गरिने जनाएको थियो । तर तिहार सुरु हुनासाथ बजारमा भारतीय फूलका माला सस्तो मुल्यमा छ्याप्छ्याप्ती बिक्री हुँदा नेपाली पुष्प व्यवसायी भने मर्कामा परे ।

सस्तो मूल्यका भारतीय माला बजारमा आएसँगै लक्ष्मी पूजाका दिन नेपाली पुष्प व्यवसायीहरु आन्दोलनमै उत्रिए ।

भारतबाट अवैध रुपमा फूल भित्रदा स्वदेशमा उत्पादन भएका फूलले बजार नपाएको भन्दै व्यवसायीहरु आन्दोलित बनेका थिए । अवैध रुपमा आएका फूलबारे सरकारी निकायलाई जानकारी गराउँदा पनि कुनै निकायले चासो नदेखाएको फ्यानले जनाएको छ ।

आयतलाई प्रतिस्थापन गर्न कठिनाई

यस्तो अवस्था अहिले मात्र होइन विगतका वर्षहरुमा पनि हुने गर्थे । जसकारण नेपाली उत्पादनले भारतीय फूलसँग प्रतिस्पर्धा गर्न नसक्ने भन्दै किसानहरुले फूलको माला बजारमा ल्याउनै छाडेको फ्यानका अध्यक्ष कसजुको भनाइ छ ।

‘भारतबाट अवैध रुपमा भित्रिएका सयपत्री फूलको माला बजारमा ५० रुपैयाँमै बेचिन थालियो’ उनले भने, ‘स्वदेशी मालाको मुल्य ६० देखि ७० सम्म तोकिएको थियो । बजार मूल्यमा भएको प्रतिस्पर्धाका कारण स्वदेशी भन्दा विदेशी माला नै बढी बिक्री भयो ।’

कसजुका अनुसार यसले नेपाली पुष्प व्यवसायीहरु चिन्तित बनेका छन् । महिनौदेखिको मेहनत र संघर्षमा समेत असर पुगेको उनले बताए ।

बजारको मागभन्दा नेपाली फूल कम उत्पादन भएको थियो । यस्तो अवस्थामा व्यवसायीले उचित मूल्य पाउनु पर्नेमा कम मूल्यमा बेच्नु पर्ने अवस्था आयो’ उनले भने, ‘यो सबै भारतबाट भित्रिएका अवैध फूलका कारण भएको हो ।’

आयतलाई प्रतिस्थापन गर्न नसक्नुमा सरकारी निकायकै वेवास्ता रहेको र यसले पुष्प व्यवसायीहरुमा थप निरासा ल्याएको कसजुको भनाई छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  ५ : ४५ बजे

मधेशकी वनमन्त्री विच्छालाई राप्रपाले गर्‍यो निलम्बन

जनकपुरधाम– राप्रपाले पार्टीको निर्देशनविपरीत मधेश प्रदेश सरकारमा सहभागी भएकी मन्त्री

यूएईमा समस्यामा परेका विद्यार्थीले विवरण पेस गर्न दूतावासको आग्रह

काठमाडौं- अबुधाबी स्थित नेपाली दूतावासले यूएईमा समस्यामा परेका विद्यार्थीहरूलाई १५

पूर्णबहादुरले माफी माग्दै भने- निर्णय नहुँदासम्म बैठक सारिरहन्छु

काठमाडौँ- नेपाली कांग्रेसको शुक्रबार बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक आइतबार

जनपुरलाई हराएपछि पोखराका विपिन भन्छन्ः टिमको मनोबल बढेको छ

काठमाडौं – पोखरा एभेन्जर्सले राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर

धरानमा एमालेको बैठकमा कुटाकुट, ईश्वर पोखरेल समूहका अनिल राजधामी घाइते

काठमाडौं – धरानमा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनसम्बन्धी तयारी बैठकमा दुई