वैदेशिक रोजगारीमा ज्यान गुमाएका १७१ जनाका परिवारलाई आर्थिक सहायता | Khabarhub Khabarhub

वैदेशिक रोजगारीमा ज्यान गुमाएका १७१ जनाका परिवारलाई आर्थिक सहायता


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगार पर्वर्द्धन बोर्डले चालू आर्थिक वर्षको तीन महिनाको अवधिमा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका १ सय ७१ कामदारका परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको छ ।

वैदेशिक रोजगारीका क्रममा करार अवधिभित्र तथा नेपाल फर्केको एक वषभित्र मृत्यु भएका व्यक्तिका परिवारलाई बोर्डले प्रति मृतकका परिवारलाई सात लाखका दरले आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ ।

बोर्डले असोज महिनाको प्रगति विवरण अनुसार गत साउनमा ६०, भदौमा ६४ र असोजमा ४७ मृतक कामदारका परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको हो ।

वैदेशिक रोजगारीका क्रममा अंगभंग तथा बिरामी भएका ९८ कामदारको परिवारलाई आर्थिक सहायता वितरण गरिएको बोर्डले जनाएको छ । त्यस्तै कामदारको परिवारका सात जनालाई औषधोपचार सहयोग उपलब्ध गराइएको छ ।

कामदारको परिवारको सदस्यलाई क्यान्सर, मिर्गौला, मुटु, पार्किन्सन र अल्जाइमर रोगको उपचारका लागि आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ । बोर्डले सामान्य अवस्थाका बिरामीलाई रु १५ हजार, मध्यम अवस्थाका बिरामीलाई रु ३० हजार र गम्भीर अवस्था भएमा प्रतिव्यक्ति रु ५० हजार उपलब्ध गराउँदै आएको छ ।

तीन महिनाको अवधिमा वैदेशिक रोजगारीका क्रममा विभिन्न समस्यामा परेर विदेशी भूमिमा अलपत्र परेका १८ कामदारको उद्दारका लागि सम्बन्धित नियोगमा पत्राचार गरिएको बोर्डले जनाएको छ ।

विभिन्न कारणबाट गन्तव्य मुलुकमा मृत्युवरण गर्न पुगेका ४१ कामदारको शव झिकाउन पत्राचार गरिएको बोर्डले जनाएको छ । सो अवधिमा बोर्डले १ सय ८४ कामदारको शव मृतकको घर ठेगानासम्म निःशुल्क ढुवानी गरेको छ ।

बोर्ड सचिवालयले मृतक कामदारको शव निजको नजिकको हकवालाले दिएको निवेदनअनुसार घर ठेगानासम्म ढुवानी गर्दै आएको छ ।

वैदेशिक रोजगार नियमावाली, २०४६ (तेस्रो संशोधन)ले श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गएको कामदारको शव त्रिभुवन विमानस्थलबाट मृतकको परिवारसम्म पु¥याउन बोर्डले आर्थिक सहयोग गर्दै आएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  ५ : ४७ बजे

सुरक्षा व्यवस्था बुझ्न मधेस जाँदैछन् गृहसहित ३ मन्त्री

काठमाडौँ– सोमबार नेपाल सरकारका तीनमन्त्री र एक सचिव मधेसको सुरक्षा

हायात होटल बन्द गर्ने निर्णयप्रति ट्रेड युनियन समन्वय केन्द्रको आपत्ति

काठमाडौं- काठमाडौंको होटल हायात रिजेन्सी अनिश्चितकालिन बन्द गर्ने निर्णयप्रति संयुक्त

एल क्लासिकोमा रियल म्याड्रिड विजयी, बार्सिलोना स्तब्ध

काठमाडौं – स्पेनको चर्चित फुटबल प्रतिस्पर्धा ‘एल क्लासिको’मा रियल म्याड्रिडले

हिमाली क्षेत्रको यात्रामा निस्कनुअघि मौसमबारे जानकारी लिन अनुरोध

काठमाडौं- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिमाली तथा

राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध बिहीबार सुनुवाइ

काठमाडौँ– विभिन्न देशका राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा