हत्याको आरोपमा आठ जना पक्राउ « Khabarhub

हत्याको आरोपमा आठ जना पक्राउ


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजापुर- प्रहरीले बर्दियाको ठाकुरबाबा नगरपालिका–८ का एक युवकको हत्याको आरोपमा आठ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ठाकुरबाबा नगरपालिका–७ का २७ वर्षीय सन्तोष रोकाय, ३६ वर्षीय देवी रोकाय, २० वर्षीय अर्जुन बुढा, २५ वर्षीय कमल बुढा, २४ वर्षीय शरण रोकाय, ३२ वर्षीय उमेश बुढा, २४ वर्षीय राजकुमार चौधरी र २३ वर्षीय ज्ञानु विक छन् ।

मङ्गलबार उनीहरुको कुटपिटबाट सख्त घाइते भएका सतिराम थारुको बुधबार भारतको लखनउमा मृत्यु भएपछि आठै जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए ।

भाइटीकाको दिन सतिराम र उनका दाजु आशाराम बहिनीको घरबाट टीका लगाएर फर्कदै गर्दा आठ जनाको समूहले कुटपिट गरेका थिए ।

सख्त घाइते सतिरामलाई दाजु आशारामले उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज लगेका थिए । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई भारतको लखनउ लगिएको थियो । मृतकको शव आफन्तलाई बुझाइएको बाँस्तोलाले जानकारी दिए ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  ६ : ०५ बजे

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ

भारतको विश्वकप टिममा किन परेनन् शुभमन् गिल ?

काठमाडौं – आगामी आइसिसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा

आजको मौसम : पश्चिमी वायुको प्रभाव, तराई क्षेत्रमा हुस्सु

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल