एक युवक हत्याको आरोपमा आठ जना पक्राउ « Khabarhub

एक युवक हत्याको आरोपमा आठ जना पक्राउ


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजापुर- प्रहरीले बर्दियाको ठाकुरबाबा नगरपालिका–८ का एक युवकको हत्याको आरोपमा आठ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ठाकुरबाबा नगरपालिका–७ का २७ वर्षीय सन्तोष रोकाय, ३६ वर्षीय देवी रोकाय, २० वर्षीय अर्जुन बुढा, २५ वर्षीय कमल बुढा, २४ वर्षीय शरण रोकाय, ३२ वर्षीय उमेश बुढा, २४ वर्षीय राजकुमार चौधरी र २३ वर्षीय ज्ञानु विक छन् ।

मङ्गलबार उनीहरुको कुटपिटबाट सख्त घाइते भएका सतिराम थारुको बुधबार भारतको लखनउमा मृत्यु भएपछि आठै जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए ।

भाइटीकाको दिन सतिराम र उनका दाजु आशाराम बहिनीको घरबाट टीका लगाएर फर्कदै गर्दा आठ जनाको समूहले कुटपिट गरेका थिए ।

सख्त घाइते सतिरामलाई दाजु आशारामले उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज लगेका थिए । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई भारतको लखनउ लगिएको थियो । मृतकको शव आफन्तलाई बुझाइएको बाँस्तोलाले बताए ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  ९ : ०५ बजे

कलाकार दीपाश्रीलाई ब्रेन ट्युमर : नेपालमै गरियो शल्यक्रिया

काठमाडौं- कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर भएको छ। उनका साथीसमेत

गणेश नेपालीको परिवारलाई मोहन बस्नेतले दिए एक लाख सहयोग, दिए छोरीलाई पढाउने आश्वासन

काठमाडौं- नेपाली कांग्रेसका नेता मोहन बस्नेतले त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आफ्नै

पाकिस्तानद्वारा अमेरिका र इरानलाई संयमता अपनाउन आग्रह

इस्लामावाद- पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इसहाक दारले अमेरिका र इरानलाई

३ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालय सञ्चालकहरूको माग (संयुक्त विज्ञप्तिसहित) 

काठमाडौं– निजी विद्यालय सञ्चालकहरूका विभिन्न संस्थाहरूले सरकारले लगाउँदै आएको ३

कतारका पूर्वअमिरको निधन

काठमाडौं- कतारका पूर्वअमिर शेख हमाद बिन खलिफा अल थानीको निधन