के हो युक्रेनी संकट ? « Khabarhub

के हो युक्रेनी संकट ?


१७ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

युक्रेन संकट देशको रणनीतिक साझेदारीता रुस या युरोपेली संघ कोसँग राख्ने भन्नेबारेको विवादबाट बिजारोपण भएको हो । युक्रेनी संकट चुलिंदै जाँदा अमेरिकी समर्थनमा युरोपेली संघ र रुसबीचको हार÷जित र शाखको प्रश्न बन्न पुग्यो भने रुस समर्थक सत्तापलटसंगै देशमा गृहयुद्धको बिजारोपण भएको हो ।

युक्रेनमा युरोपेली युनियनसँगको सदस्यता नवीकरण नगर्ने राष्ट्रपतिको यनुकोभिचको अडानपछि सन् २०१३ नोभेम्बरदेखि आन्दोलनसँगै संकट चुलिएको थियो । २१ नोभेम्बरमा राष्ट्रपतिले युरोपेली संघसँग भन्दा रुससँग सामिप्यता बढाउने निधो गरेपछि विरोध प्रदर्शन चर्कन थाल्यो । रसियासँगको आर्थिक साझेदारी बढाउने निर्णयसँगै चर्किएको बिद्यार्थी प्रदर्शन डिसेम्बरसम्म आइपुग्दा अनियन्त्रित बन्न पुग्यो । राष्ट्रपतिले २०१४ जनबरी १६ मा आन्दोलन विरोधी कानून ल्याए तर आन्दोलन मत्थर हुनेभन्दा चर्किने तर्फ माडेयिो ।

२० फ्रेबुअरीमा राजधानी किएभचोकमा रक्तपातपूर्ण प्रदर्शन भएपछि फ्रेबुअरी २१ मा फ्रान्स, जर्मन र पोल्याण्डका कुटनीतिक अधिकारीहरुले रुसी राष्ट्रपति भ्लादीमिर पुटिनका विशेष प्रतिनिधिको रोहबरमा विपक्षी र राष्ट्रपतिलाई लिखित सहमति गराएका थिए । फ्रेब्रुअरी २१ मा रुस निकट राष्ट्रपति भिक्टर यनुकोभिचलाई विपक्षीले आन्दोलनबाटै बर्खास्त गरिदिए । रुसी गुप्तचरको सहयोगमा यनुेकाभिच राजधानी कियभ छाडेर रुसतर्फ भागे ।

रुस विरोधी विपक्षी दलहरुले युक्रेनी संसद्बाट राष्ट्रपतिको शक्ति जफत गरी नयाँ सभामुखलाई अन्तरिम राष्ट्रपतिको जिम्मेवारी सुम्पिएका थिए । नयाँ सरकारले अपदस्थ राष्ट्रपतिविरुद्ध सर्वसाधरणको हत्या अभियोगमा पक्राउ पूर्जी जारी गर्नुका साथै नयाँ चुनावको मिति घोषणा भयो । यता रुसले भने रुसी भाषी बाहुल्य रहेको युक्रेनको पूर्वी र दक्षिणी क्षेत्रमा नयाँ सरकार विरोधी प्रदर्शन चर्कायो ।

युक्रेनमा अचानक आफू समर्थित सरकार पतनपछिको नोक्सानीले रुस क्रुद्ध बन्यो । रुसले त्यहाँ रहेको आफ्ना विशेष सैन्यलाई फरक पोशाकमा उतारी नियन्त्रण जमायो भने अन्तर्राष्ट्रिय मान्यता नपाएको जनमत संग्रह घोषणा गर्दै पछि आफ्नो देशमा गाभ्यो । रुसप्रति सहानुभुती राख्ने र रुसी भाषा बोल्ने क्षेत्रमा रुसले हतियारधारी जन्माएर सरकारविरुद्ध गृहयुद्धको शुरुवात गराइदियो । युक्रेनका पक्ष– विपक्षबीचको गहिरो मनमुटाब तथा रुस र युरोपेली संघको आ–आफ्नै रणनीतिक स्वार्थले थप संकटतर्फ धकेलेको छ ।

घटनाक्रममा आएको पछिल्ला नाटकीय परिवर्तनले राजधानी कियभ लगायत पश्चिमी क्षेत्रमा युरोपेली संघप्रतिको झुकाव राख्ने र रुसप्रति सहानुभूति राख्ने दक्षिण र पूर्वी युक्रेनबीचको विभाजन बढ्दै गयो भने युक्रेन राजनीतिक र भावनात्मक रुपमा विभाजित हुन पुग्यो ।
रुस समर्थक गृहयुद्ध भएको क्षेत्रमा बाहेक भएको प्रजातान्त्रिक चुनावपछि अमेरिका र युरोपेली संघ समर्थित पेट्रो पोरोसेन्को राष्ट्रपतिमा निर्वाचित भएपछि रुसविरुद्ध थप आक्रामक अभियान सञ्चालन गर्न थाले ।

उनले रुसको ऋण नर्तिर्ने तथा सम्बन्ध सुधार नगर्ने बाचासहित युरोपेली युनियनसँगको निकटता बढाउँदै लगेका छन् । युक्रेनमा यसै वर्षको मार्चमा चुनाव हुँदैछ भने रुसको समर्थनमा चलिरहेको गृहयुद्ध बेलारुसको राजधानी मिन्सकमा भएको सम्झौतासँगै युद्धविराम कायम रहेपनि युद्ध शान्तिमा रुपान्तरण भएको छैन ।

युक्रेनमा रुस र युरोपेली संघका स्वार्थ

युक्रेनको रणनीतिक भौगोलिक अवस्थित, कृषि र खनिज उत्पादनहरु रुस र युरोपेली संघ दुबैका लागि महत्वपूर्ण रहेको छ । दक्षिणी सीमाको रक्षाका लागि मात्र होइन रुसका लागि युक्रेनी भूमी ऐतिहासिक रणनीतिक विरासतले भरिएको छ । युक्रेन रुसको आर्थिक र रणनीतिक रुपमा राष्ट्रिय सुरक्षाका लागि भाग्य निमार्ण गर्ने देश सरह रहेको छ ।

अमेरिकाका लागि भने युक्रेन रुसलाई क्षेत्रीय प्रभुत्व रोक्ने सबैभन्दा रणनीतिक क्षेत्र हो । युक्रेनमाथि रुसी प्रभाव गुमेमा उसको सैनिक र व्यावसायिक स्वार्थमा अतुलनीय क्षति हुने भएपछि आफ्नो रणनीतिक प्रतिष्पर्धी अमेरिकाले युक्रेनी रुसविरोधी सत्तालाई सहायता गरिरहेको छ ।  यदी युक्रेन रुसी पकडबाट गुमेमा समुद्री प्रभाव खुम्चने र भूमध्यसागरमा रुसको प्रभाव र पहुँचमा गिरावट आउने छ । रुसी बन्दरगाह ग्रीनल्याण्ड–आइसल्याण्ड पनि ब्रिटेनले चाहेको बेला अवरुद्ध हुने सक्ने, बाल्टीक क्षेत्रमा डेनमार्कले र पूर्वी क्षेत्रमा जापानको समुद्री नियन्त्रण हुँदा रुसको समुद्री रणनीतिक नियन्त्रणको स्वार्थ चकनाचुर पार्ने अमेरिकी स्वार्थले काम गरेको देखिन्छ ।

युक्रेन पहिलो विश्वयुद्धदेखि नै जर्मन र रुसबीचको प्रतिष्पर्धा चलेको रणनीतिक भूमि हो । पहिलो विश्वयुद्धमै युक्रेनी खाद्यान्नप्रतिको निर्भरता तथा रुसलाई रोक्न जर्मनले युक्रेनमाथि आफ्नो नियन्त्रण कायम राख्न चाहेको थियो तर जर्मनको प्रथम विश्वयुद्धमा भएको हारसँगै रुस युक्रेनमा हाबी भयो । रणनीतिक मार्ग रहेकाले दोस्रो विश्वयुद्धमा जर्मनले युक्रेनमाथि आफ्नो रणनीतिक ध्यान केन्द्रित गरेको थियो ।

दोस्रो विश्वयुद्धको शुरुवाती वर्षमा जर्मनले युक्रेन कब्जा गरेपछि मात्रै रुसका रणनीतिक गढहरुमा हमला गरी क्षति पु¥याउन सकेको थियो । दोस्रो विश्वयुद्धका बखत जर्मनलाई पछि हटाउन रुसले युक्रेनी भूमीमै अखडा जमाएको थियो र त्यहीबाटै जर्मनलाई रोमानिया, हंगेरी लगायत पूर्वी युरोपबाट पछि हटाएको थियो ।

रुसको मुख्य पारबाहन मार्ग युक्रेन रुसका लागि जति रणनीतिक रुपमा अर्थपूर्ण छ । युरोपका लागि त्यतिकै महत्वपूर्ण नरहे पनि रुसलाई रोक्न युरोपेली संघले युक्रेनमाथिको आफ्नो नियन्त्रण चाहन्छ । युक्रेन रुसको सबैभन्दा ठूलो व्यापारिक साझेदार रहेकाले पनि त्यहाँ उसको प्रभाव बढेमा युरोपेली संघका लागि पोल्याण्ड र रोमानियामा पनि रुसको प्रभाव बढ्ने खतरा रहन्थ्यो । ती दुबै देश अहिले पनि रुसबाट आयात हुने उर्जामा निर्भर छन् ।

युक्रेनको रणनीतिक भौगोलिक अवस्थितिमा रुसको प्रभाव बढ्दै जाँदा चिन्तित देखिएको युरोपेली संघले दुई शुवातमा बेवास्ता गरिरहेको युक्रेनमा एकाएक आफ्नो चासो बढाउँदै आफू समर्थित सत्ता स्थापना गर्न सफल भएको हो । रुससँग सम्बन्ध विस्तार गर्नुमा युक्रेनको ऐतिहासिक, भौगोलिक र आर्थिक कारणहरु थिए । तर त्यही विशेष सम्बन्ध विस्तारले नै युक्रेनलाई हिंसामा धकेल्यो र अन्ततः द्वन्द्वमा फस्न पुग्यो ।

भ्लादीमिर पुटीन अन्तरगतको रुसले आफ्नो सोभियतकालीन परम्परागत विरासत फर्काउन चाहेको छ भने पुटिनको महत्वकांक्षले युरोपेली रणनीतिक स्वार्थमा धक्का पु¥याउने युरोपेली संघ र अमेरिकी धारणा छ । सोभियत संघ विघठनलाई बीसौं शताब्दीकै सबैभन्दा ठूलो भूराजनीतिक त्रासदीको रुपमा अथ्र्याउने पुटीनले युक्रेनलाई १५ अर्ब अमेरिकी डलर लोन र प्राृकतिक ग्यासमा ३० प्रतिशत छुट गरिदिएका थिए।

जसका कारण युरोपसंगको युक्रेनी सम्बन्धलाई नराम्ररी क्षति पु¥याएको थियो भने अमेरिकाका लागि रुस समर्थित सत्ता हस्तान्तरण ढाल्नका लागि उक्साएको थियो । युरोपेली संघलाई युक्रेन आफ्नो प्रभाव क्षेत्रबाहिर जानेमा विश्वास थिएन । त्यसैले युक्रेनलाई युरोपेली संघमा भित्राउन ढिलो गराएका थिए । युक्रेनको भौगोलिक अवस्थिति, रुससँगको आर्थिक निकटता र रुसले बढाउँदो प्रभावले आफ्नो छाताबाट गुम्ने त्रासका कारण युरोपेली संघले युक्रेनमा चासो बढाउदै लग्यो भने अमेरिकी साझेदारीमा सत्ता पलट गरी आफूनिकट सत्ता बनाउन सफल भएको हो।

युरोपेली संघकै सबैभन्दा ठूलो तथा विश्वको छैटांै ठूलो हतियार निर्यात गर्ने युक्रेन तुलनात्मक रुपमा आर्थिक कमजोर राष्ट्र रहेकाले युरोपेली संघभित्रै त्यसबारे भिन्न विचारहरु थिए । युरोपका कमजोर देश आर्थिक संकटमा फसिरहेको र ऋण प्रवाह गरिरहनुपर्ने अवस्थाले युरोपसंग युक्रेनलाई आर्थिक एकीकरण गराउन युरोपमा शक्ति राष्ट्रहरु फ्रान्स र जर्मनले शुरुमा चासो कम राखेका थिए ।

तर पछिल्लो राजनीतिक परिवर्तनपछि ऋणसंकटबाट जोगाउन युरोपेली संघले ठूलो आर्थिक सहायताको आश्वासन दिएको छ । विविध विचार रहेपनि पोल्याण्ड र युक्रेन लगायत अन्य मध्य युरोपेली देशले युक्रेनसँगको साझेदारी बढाउन र युरोपेली छाताबाट बाहिर जानेमा घच्घचाइरहेका थिए ।

रुससँग युक्रेनको परम्परागत सामिप्यता र इतिहास रहे पनि अर्को युरोपेली देश पोल्याण्डसँग पनि घनिष्ट र भावनात्मक सम्बन्ध रहिआएको छ । त्यसैले युरोपेली संघतर्फको कित्तामा निर्भर रहन पोल्याण्डले विशेष भूमिका खेलेको थियो । रुस र पश्चिमा देशको भू–राजनीतिक अभिरुचीले युक्रेन संकट नाटकीय ढंगले बढिरहेको मात्र छैन गृहयुद्व समाधानको उपाय समेत निस्कन सकेको छैन ।

प्रकाशित मिति : १७ माघ २०७५, बिहीबार  २ : ३१ बजे

बैतडीमा पाँच घर पहिरोको उच्च जोखिममा

बैतडी – लगातारको वर्षाका कारण पहिरो खस्दा बैतडीमा एक घरमा

चलचित्र जगतमा ‘प्रेमगीत ३’ ले नयाँ आयाम थपेको छ : प्रचण्ड

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

लमजुङमा भूकम्पको धक्का

लमजुङ- लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । जिल्लाको बेँसीसहर

कतार एयरवेजलाई सातौं पटक एयरलाइन अफ द इयर अवार्ड

दोहा – अन्तर्राष्ट्रिय हवाई यातायात मूल्यांकन संगठन स्काइट्रेक्सद्वारा कतार एयरवेजलाई

इरानले ५० हजार अफगान नागरिकलाई स्वदेश फर्कायो : तालिबान

काठमाडौँ- अफगानिस्तानमा शासन गरिरहेको तालिबानले गत महिनामात्रै इरानले ५० हजार