वर्ष खेलाडी बने प्रिन्स र कविता « Khabarhub

वर्ष खेलाडी बने प्रिन्स र कविता


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- ब्याडमिन्टनका प्रिन्स दाहाल र क्रिकेटकी कविता कुँवर सुदूरपश्चिम स्पोर्ट्स अवार्डमा वर्ष खेलाडी घोषित भएका छन् ।

खेलकुद पत्रकार मञ्च कैलालीले पहिलो पटक आयोजना गरेको अवार्डमा पुरुषतर्फ प्रिन्स र महिलामा कविताले वर्ष खेलाडी अवार्ड जितेका हुन् ।

मंगलबार आयोजित एक कार्यक्रममा प्रिन्स र कवितालाई अवार्ड प्रदान गरिएको थियो । पुरुषतर्फको अवार्ड जित्ने क्रममा प्रिन्सले मनोनयनमा परेका क्रिकेटका खडक बोहोरा र भारात्तोलनका सागर भण्डारीलाई पछि पारेका थिए ।

यस्तै कविताले कुस्तीकी संगीता धामी र हक्कीकी विन्दु विष्टलाई पछि पारिन् । वर्ष खेलाडी अवार्डसँगै प्रिन्स र कविताले नगद २५ हजार प्राप्त गरे ।

अन्य विधामा कसले उचाले अवार्ड

‘उत्कृष्ट प्रशिक्षक’

वर्षको ‘उत्कृष्ट प्रशिक्षक’को अवार्ड भारोत्तोलनका जीवन गौतमले जिते । यो विधामा उनीसँगै कुस्तीका राजेन्द्र चन्द र क्रिकेटका ज्ञानेन्द्र क्षेत्री मनोनयनमा परेका थिए ।

‘उत्कृष्ट युवा खेलाडी’

वर्षको ‘उत्कृष्ट युवा खेलाडी’ भारोत्तोलनका सागर भण्डारी घोषित भए । यो विधामा सागरसहित फुटबलकी चन्द्रा भण्डारी र उसुकी अलिशा खाती मनोनयनमा थिए ।

स्पेसल अवार्ड

यस्तै, ‘स्पेसल अवार्ड’ कैलाली जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष दीपक सिंहलाई प्रदान गरिएको छ ।

आफ्नो तीनवर्षे कार्यकालमा खेलकुदको विकासमा महत्वपूर्ण योगदान दिएको भन्दै उनलाई स्पेसल अवार्डबाट सम्मानित गरिएको हो ।

‘लाइफटाइम अचिभमेन्ट अवार्ड’

‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ सुदूरपश्चिम प्रदेशको खेलजगतका हस्ती श्यामसुन्दर शर्मालाई प्रदान गरिएको छ ।

उनलाई क्रिकेट र फुटबलमा लामो समयसम्म योगदान दिएवापत् लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको आयोजकले जनाएको छ ।

अवार्ड विजेताहरुलाई नगद र ट्रफी प्रदान गरिएको थियो । विजेता चार विधाका खेलाडीलाई जनही २५ हजार र लाइफटाइम तथा स्पेसल अवार्ड विजेतालाई जनही १० हजार रुपैयाँसहित सम्मानित गरिएको हो ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  ७ : ११ बजे

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको