आजदेखि शुरु भयो पर्यटन वर्ष २०२० « Khabarhub

आजदेखि शुरु भयो पर्यटन वर्ष २०२०


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- २० लाख पर्यटक भित्र्याउने र पर्यटनलाई अर्थतन्त्रको मुख्य अङ्गका रूपमा स्थापित गर्ने लक्ष्यसहित बुधबारदेखि नेपाल भ्रमण वर्ष २०२० शुरु भएको छ ।

अंग्रेजी नयाँ वर्षको अवसर पारेर राजधानीको दशरथ रङ्गशालाबाट बुधबार नै यसको औपचारिक उद्घाटन हुँदैछ ।

करिब एक वर्ष लामो निरन्तर प्रयास र एक सयभन्दा बढी स्वदेशी तथा विदेशी निकाय सँगको छलफल र सहकार्यपछि भ्रमण वर्ष उद्घाटनको तयारी पूरा भएको हो ।

पर्यटकलाई विशेष अनुभव गराउन ‘लाइफटाइम एक्सपेरियन्स’को मुख्य नारासहित भ्रमण वर्ष केन्द्रित विशेष लोगोमार्फत यस बीचमा नियमित प्रवद्र्धनका कार्यक्रम आयोजना भइसकेका छन् ।

सरकारले काठमाडौँसहित सातै प्रदेशमा एकैपटक औपचारिक उद्घाटन कार्यक्रमको आयोजना गरेको छ । दशरथ रङ्गशालामा बेलुका ४ बजेदेखि शुरु हुने उद्घाटन कार्यक्रम राति पौने ८ बजेसम्म जारी रहनेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन कार्यक्रममा भ्रमण वर्षको सुरुवात भएको घोषणा गरेसँगै यसको सुरुवात त्यससँगै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमणको आग्रहसहित विशेष सम्बोधन गर्ने कार्यक्रम छ ।

उद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख, सातै प्रदेशका मुख्य मन्त्री, नेपालस्थित विभिन्न देशका कूटनीतिक नियोगका प्रतिनिधि, पर्यटन व्यवसायी, चर्चित कलाकार र दर्शकको उपस्थिति रहनेछ ।

उद्घाटन कार्यक्रममा काठमाडौँ आसपासका नगरपालिका र पर्यटन व्यवसायी सम्बद्ध सङ्घसंस्था आफ्नो ब्यानरसहित उपस्थित हुनेछन् । विभिन्न ३५ देशका अन्तर्राष्ट्रिय सञ्चार माध्यमका पत्रकार पनि उद्घाटन कार्यक्रममा सहभागी हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । नेपालको कूटनीतिक उपस्थिति भएका विभिन्न देशमा भने जनवरी ७ मा औपचारिक उद्घाटन कार्यक्रमको तयारी छ ।

उद्घाटन कार्यक्रममा नेपालको ऐतिहासिक र सांस्कृतिक विविधता झल्कने किसिमका प्रस्तुति रहनेछन् । भ्रमण वर्षको भाइबर स्टिकर सार्वजनिक पनि सोही कार्यक्रममा हुनेछ ।

भ्रमण वर्षको औपचारिक उद्घाटनका लागि विभिन्न देशबाट पर्यटन मन्त्री नेपाल आएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार मङ्गलबार छिमेकी देश भारतबाट पर्यटन मन्त्री प्रह्लादसिंह पटेल र चीनबाट सहायक पर्यटन मन्त्री वाङ सियाओफेङ नेपाल आइसकेका छन् ।

त्यस्तै मङ्गलबार नै म्यान्मारका पर्यटन मन्त्री यू ओन माउग र जमैकाका पर्यटन मन्त्री एडमन्ड बार्लेट नेपाल आइपुगेको मन्त्रालयले जनाएको छ ।

नेपाल आएका पर्यटन मन्त्रीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले स्वागत गरेका थिए ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  ८ : १३ बजे

गण्डकीमा सघन उपचारका लागि २५ शय्या थप

कास्की- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शय्याको

अमेरिकाले युक्रेनका लागि मिसाइल रोकेको जेलेन्स्कीको आरोप

किएभ– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकाले युक्रेनका लागि स्वीकृत इन्टरसेप्टर

विज्ञान र नवप्रवर्तनलाई प्राथमिकता, १६५ कानून निर्माणको लक्ष्य

नारायणगढ– विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकास र मुलुकको समृद्धिका लागि

मोटरसाइकल दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु

सर्लाही– बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा १६

विपद्का २४ घटनामा एक जनाको मृत्यु, ११ जना घाइते

काठमाडौँ– बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक