आजदेखि शुरु भयो पर्यटन वर्ष २०२० « Khabarhub

आजदेखि शुरु भयो पर्यटन वर्ष २०२०


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- २० लाख पर्यटक भित्र्याउने र पर्यटनलाई अर्थतन्त्रको मुख्य अङ्गका रूपमा स्थापित गर्ने लक्ष्यसहित बुधबारदेखि नेपाल भ्रमण वर्ष २०२० शुरु भएको छ ।

अंग्रेजी नयाँ वर्षको अवसर पारेर राजधानीको दशरथ रङ्गशालाबाट बुधबार नै यसको औपचारिक उद्घाटन हुँदैछ ।

करिब एक वर्ष लामो निरन्तर प्रयास र एक सयभन्दा बढी स्वदेशी तथा विदेशी निकाय सँगको छलफल र सहकार्यपछि भ्रमण वर्ष उद्घाटनको तयारी पूरा भएको हो ।

पर्यटकलाई विशेष अनुभव गराउन ‘लाइफटाइम एक्सपेरियन्स’को मुख्य नारासहित भ्रमण वर्ष केन्द्रित विशेष लोगोमार्फत यस बीचमा नियमित प्रवद्र्धनका कार्यक्रम आयोजना भइसकेका छन् ।

सरकारले काठमाडौँसहित सातै प्रदेशमा एकैपटक औपचारिक उद्घाटन कार्यक्रमको आयोजना गरेको छ । दशरथ रङ्गशालामा बेलुका ४ बजेदेखि शुरु हुने उद्घाटन कार्यक्रम राति पौने ८ बजेसम्म जारी रहनेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन कार्यक्रममा भ्रमण वर्षको सुरुवात भएको घोषणा गरेसँगै यसको सुरुवात त्यससँगै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमणको आग्रहसहित विशेष सम्बोधन गर्ने कार्यक्रम छ ।

उद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख, सातै प्रदेशका मुख्य मन्त्री, नेपालस्थित विभिन्न देशका कूटनीतिक नियोगका प्रतिनिधि, पर्यटन व्यवसायी, चर्चित कलाकार र दर्शकको उपस्थिति रहनेछ ।

उद्घाटन कार्यक्रममा काठमाडौँ आसपासका नगरपालिका र पर्यटन व्यवसायी सम्बद्ध सङ्घसंस्था आफ्नो ब्यानरसहित उपस्थित हुनेछन् । विभिन्न ३५ देशका अन्तर्राष्ट्रिय सञ्चार माध्यमका पत्रकार पनि उद्घाटन कार्यक्रममा सहभागी हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । नेपालको कूटनीतिक उपस्थिति भएका विभिन्न देशमा भने जनवरी ७ मा औपचारिक उद्घाटन कार्यक्रमको तयारी छ ।

उद्घाटन कार्यक्रममा नेपालको ऐतिहासिक र सांस्कृतिक विविधता झल्कने किसिमका प्रस्तुति रहनेछन् । भ्रमण वर्षको भाइबर स्टिकर सार्वजनिक पनि सोही कार्यक्रममा हुनेछ ।

भ्रमण वर्षको औपचारिक उद्घाटनका लागि विभिन्न देशबाट पर्यटन मन्त्री नेपाल आएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार मङ्गलबार छिमेकी देश भारतबाट पर्यटन मन्त्री प्रह्लादसिंह पटेल र चीनबाट सहायक पर्यटन मन्त्री वाङ सियाओफेङ नेपाल आइसकेका छन् ।

त्यस्तै मङ्गलबार नै म्यान्मारका पर्यटन मन्त्री यू ओन माउग र जमैकाका पर्यटन मन्त्री एडमन्ड बार्लेट नेपाल आइपुगेको मन्त्रालयले जनाएको छ ।

नेपाल आएका पर्यटन मन्त्रीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले स्वागत गरेका थिए ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  ८ : १३ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील