यी हुन् नेपाल भ्रमण वर्ष २०२० को उद्घाटनले प्रभावित हुने सडक « Khabarhub

यी हुन् नेपाल भ्रमण वर्ष २०२० को उद्घाटनले प्रभावित हुने सडक


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आजदेखि शुरु भएको नेपाल भ्रमण वर्ष २०२० को सम्पूर्ण तयारी पूरा गरेको सरकारले दिउँसो भव्य कार्यक्रमको आयोजना गरेको छ ।

नेपाल भ्रमण वर्षलाई सरकारले राष्ट्रिय महोत्सवकै रुपमा मनाउन लागेको भएकाले पनि यसको तामझाम धेरै छ । नेपाल भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटन आज काठमाडौंको दशरथ रङ्गशालामा हुनेछ ।

राष्ट्रपति विद्या भण्डारीको उपस्थितिमा हुने कार्यक्रममा सहभागी हुन विभिन्न देशमा पर्यटनमन्त्री पनि नेपाल आएकाले कार्यक्रम अवधिभर काठमाडौंका विभिन्न सडक प्रभावित हुने भएका छन् ।

यो अवस्थामा बैकल्पिक सडकको प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । दिउँसोको समयमा ठमेलबाट र्‍यालि निस्केर रंगशाला सम्म जाने हुदाँ थापाथली, त्रिपुरेश्वर, कालिमाटी, शहिद गेट, जमल, केशरमहल क्षेत्रमा अत्यावश्यक सवारी साधन बाहेक अन्य सवारी साधन नचलाई वैकल्पिक रुट प्रयोग गर्न अनुरोध गरिएको छ ।

त्यस्तै कार्यक्रममा आउने सम्पुर्ण सर्वसाधरणको लागि काठमाण्डौ मल अगाडि टुँडिखेलमा पार्किङ स्थल तोकिएको प्रहरीले जनाएको छ ।

ट्राफिक सम्बन्धि समस्या तथा अन्य जानकारी लिन परेमा ट्राफिक प्रहरीको हट लाईन नम्बर १०३ मा फोन गर्न र नियमित रूपमा मेट्रो ट्राफिक एफ.एम ९५.५ मेगाहर्ज सुनेर पनि जानकारी लिन पनि ट्राफिकले अनुरोध गरेको छ ।

यस्तो हुन्छ कार्यक्रम

अपराह्न ४ बजेदेखि शुरु हुने उद्घाटन समारोहको औपचारिक कार्यक्रम ५ घण्टासम्म चल्नेछ । सहभागी पाहुनाको स्वागत सेलिब्रेटीबाट गरिनेछ । नेपालको संस्कृति झल्कने नाचगानबाट शुरू हुने कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको सहयोगमा राष्ट्रगान बजाइनेछ ।

राष्ट्रगान सकिएलगत्तै बाजासहित रङ्गशालामा भ्रमण वर्ष २०२० को मानव साङ्लो बनाइनेछ । कुटुम्ब ब्याण्डको साङ्गीतिक प्रस्तुतिमा विभिन्न सङ्घसंस्थाले परेड गर्नेछन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले स्वागत मन्तव्य राख्नेछन् ।

भ्रमण वर्षको राष्ट्रिय गीतसमेत सार्वजनिक गरिनेछ । भ्रमण वर्षको ‘यति मस्कट’को सार्वजनिकसँगै विभिन्न सांस्कृतिक कार्यक्रम गरिने भ्रमण वर्षको कार्यक्रम तालिका बनाइएको छ ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  ९ : ०४ बजे

विश्वकप २०२६ फाइनल: पहिलो हाफ गोलरहित, स्पेनको दबाब, अर्जेन्टिनालाई मार्टिनेजको चोट

न्यु जर्सी– फिफा विश्वकप २०२६ को फाइनलमा स्पेन र अर्जेन्टिनाबीचको

पहिलो हाफमा अर्जेन्टिना र स्पेन गोलरहित बराबरीमा

काठमाडौं – फिफा विश्वकप २०२६ को बहुप्रतीक्षित फाइनल खेलको पहिलो

नेपाली शिक्षा परिषद्‌बाट दुई पुरस्कारको घोषणा

काठमाडौं । नेपाली शिक्षा परिषद्ले यस वर्षको ‘गोपाल पाँडे असीम

१ हजार २५० मेट्रिक टन डीएपी मल नेपाल आउँदै

काठमाडौँ । नेपालमा भोलि (साउन ४ गते) १ हजार २५०

महाशाखाले भन्यो : यी क्षेत्रमा थप वर्षा, सतर्कता अपनाउनू

काठमाडौँ । हाल कोसी र बागमती प्रदेशका केही स्थान, लुम्बिनी,