विदेशी शिक्षण संस्था सञ्चालनबारे नयाँ मापदण्ड « Khabarhub

विदेशी शिक्षण संस्था सञ्चालनबारे नयाँ मापदण्ड


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्नेसम्बन्धी निर्देशिका, २०५९ संशोधन गरी नयाँ मापदण्ड लागू गरेको छ ।

गत मङ्सिर २४ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार दोस्रो संशोधनसहित जारी गरिएको यो निर्देशिका जारीपछि अब विदेशी शिक्षण संस्थाको सम्बन्धनमा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने प्रयोजनका लागि अनुमति प्रदान गर्दा वा सम्बन्धन परिवर्तन र कार्यक्रम थपका लागि निवेदन गर्ने शैक्षिक संस्थाका सम्बन्धमा नयाँ मापदण्ड लागू गर्नुपर्नेछ ।

मन्त्रालयको उच्च शिक्षा शाखाले जारी गरेको सूचनामा निर्देशिकाले शिक्षण संस्था स्थापना तथा सञ्चालनका लागि आवश्यक पर्ने प्रारम्भिक मापदण्ड निर्धारण गरेको छ । शिक्षण संस्थाको स्थापना गर्दा औद्योगिक क्षेत्र र मूल सडकबाट केही टाढा, तर दमकल र एम्बुलेन्स गुड्नसक्ने बाटो भएको स्थानमा हुनुपर्नेछ भने शिक्षण संस्थामा अध्यापन गराउने सबै शिक्षकको शैक्षिक योग्यता सम्बन्धित विषयमा कम्तीमा द्वितीय श्रेणीमा स्नातकोत्तर हुनुपर्ने उल्लेख छ ।

तर, स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमसमेत सञ्चालन गर्ने शिक्षण सस्थामा कार्यक्रमअनुसार प्रत्येक कार्यक्रममा कम्तीमा एक जना विद्यावारिधि तहको शिक्षक अनिवार्य हुनुपर्ने र इञ्जिनीयरिङ तथा सूचना प्रविधिका लागि शिक्षकको शैक्षिक योग्यता स्नातकोत्तर हुनुपर्नेछ ।

नर्सिङ कार्यक्रमका लागि प्रिन्सिपलको शैक्षिक योग्यता नर्सिङ विषयमा स्नातकोत्तर र शिक्षकमध्ये २५ प्रतिशत स्नातकोत्तर र अन्य स्नातक उत्तीर्ण भई नर्सिङ काउन्सिलमा दर्ता भएको हुनुपर्ने जनाइएको छ ।

“शिक्षण संस्थाले कार्यक्रम सञ्चालनका लागि काठमाडौँ उपत्यकामा भए कम्तीमा तीन रोपनी, पहाडमा भए छ रोपनी र तराईमा भए पाँच कठ्ठा जग्गाको व्यवस्थापन गर्नुपर्नेछ”, निर्देशिकामा भनिएको छ ।

शिक्षण संस्थाको भुइँदेखि सिलिङसम्मको उचाई कम्तीमा नौ फिट हुनुपर्ने, कोठामा प्रशस्त प्रकाश छिर्ने, क्रस भेन्टिलेशन भएको हुनुपर्ने र भवन भूकम्प प्रतिरोधक प्रविधिबाट निर्मित हुनुपर्ने उल्लेख छ । यसैगरी पुस्तकालय, चमेनागृह, शिक्षक विद्यार्थी अनुपात, प्रतिकक्षा विद्यार्थी सङ्ख्या आदिबारे पनि मापदण्ड तोकिएको छ ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  ९ : ५५ बजे

कञ्चनपुर जिल्ला अदालत : मुद्दा फर्छ्यौटमा सुधार

महेन्द्रनगर– कञ्चनपुर जिल्ला अदालतले आर्थिक वर्ष २०८२–८३ मा ६९.३४ प्रतिशत

उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट

नेपालगन्ज– उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२–८३ मा

डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु

डडेल्धुरा– डडेल्धुराको अमरगढी नगरपालिका– ७ खसरेखानमा जिप दुर्घटना हुँदा दुई

कमैया मुक्तिको २६ वर्ष

कैलाली-  कैलालीको गोदावरी नगरपालिका–१ विजयपुर शिविरका २२ मुक्तकमैया परिवारले दुई

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर