पाँचऔंलेमा हुन्छन् यस्ता औषधीय गुण (प्रयोग गर्ने तरिका सहित) « Khabarhub

पाँचऔंलेमा हुन्छन् यस्ता औषधीय गुण (प्रयोग गर्ने तरिका सहित)


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

नेपालको हिमाली क्षेत्रमा पाइने पाँचऔंलेबारे धरैलाई थाहा नहुन सक्छ । पाँचऔंलेमा धेरै किसिमका औषधीय गुणहरु हुन्छन् ।

नेपाली नाम पाँचऔंले भए पनि स्थानीय भाषामा यसलाई हत्ताजडी, पाँच पाते लगायतका नामले समेत चिनिन्छ । आयुर्वेदमा यसलाई निकै महत्वका साथ लिइन्छ ।

यसको गाना हातको औँला जस्तै पाँच भागमा विभाजित हुने भएको हुँदा यसलाई पाँचऔंले भनिएको हो । यो एक लहरा प्रजातीको वनस्पति हो।

यो नेपाल सहित पाकिस्तान, भारत, भुटान चीन लगायतका देशमा पाइन्छ । यसलाई पछिल्लो समय जडिबुटीको व्यापार गर्नेहरुले राम्रो मुल्यमा विभिन्न देशमा निर्यात समेत गर्ने गरेका छन् ।

२ हजार ५ सय मिटको उचाइदेखि ५ हजार मिटरसम्मको उचाइमा पाइने यस वनस्पतिको एउटा मात्र डाँठ हुन्छ भने यसको जरामा गाना फल्दछ । यसको गाना पन्जा जस्तो आकारको पाँचवटा भागमा बाँडिएको हुन्छ।

यो वनस्पतिको फूल गुलाफी तथा प्याजी रंगको हुन्छ । विभिन्न प्रकारका रोगहरु निको पार्ने भएकाले आयुर्वेदिक औषधिको रुपमा यसलाई प्रयोग गरिन्छ ।

यो वनस्पतिको गानो औषधिका रुपमा प्रयोगमा आउँछ ।

पाँचऔंलेको प्रयोग गर्ने तरिका

पाँचऔंलेको जरालाई पिसेर लेप बनाइ लगाउन सकिन्छ । यसले काटेको, पोलेको घाउ चाडै निको हुन्छ । काटेको ठाउँमा रगत बेगेको छ भने यसको लेप लगाउँदा रगत बग्न बन्द हुन्छ ।

अन्य औषधीय गुण

  • लेक लागेमा
  • स्मरण शक्ति बढाउन
  • पिसाव सम्बन्धी समस्या निको पार्न
  • पक्षघात भएमा
  • पेट दुखेमा
  • जीउ दुखेमा
  • यौन शक्ति वा उत्तेजना बढाउन
  • छालालाई मुलायम बनाउन
  • शरीर चिलाउने रोक्न
  • मधुमेह
  • शुक्राणुको संख्या बढाउन

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  १० : ५३ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट