पोर्चुगल र पोल्याण्ड पठाइदिने भन्दै ५० जना युवाहरुबाट २ करोड ठगी | Khabarhub Khabarhub

पोर्चुगल र पोल्याण्ड पठाइदिने भन्दै ५० जना युवाहरुबाट २ करोड ठगी


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीका नाममा हुने ठगीलाई नियन्त्रण गर्ने भनिएपनि ठगिने क्रम रोकिएको छैन ।  विगत ४ वर्षयता युरोपका देश, क्यानडा, अमेरिका र अफ्रिकाका देशमा राम्रो रोजगारीमा पठाइदिने प्रलोभन देखाएर म्यानपावर कम्पनी वा एजेन्टले ठूलो रकम ठगी गरिरहेका छन् ।

यसरी ठगिएका कतिपय युवा विदेशमा अलपत्र परेर फर्किने गरेका छन् । नेपालबाट युरोपका देश, अफ्रिका, क्यानडा र अमेरिका लैजाने भनेर तेस्रो देशमा धेरै युवा अलपत्र अवस्थामा छन् ।

वैदेशिक रोजगारीमा पोल्याण्ड र पोर्चुगल पठाइदिने भन्दै २ वटा म्यानपावर कम्पनीले करिब २ करोड ठगी गरेका छन् । मुनलाइट इन्टरनेशनल प्रालिले पोल्याण्ड रोजगारीमा पठाइदिने भन्दै २० जनाभन्दा धेरै युवासँग १ करोड ४४ लाख रुपैयाँ ठगी गरेको उजुरी विभागमा परेको छ ।

यो म्यानपावरले ५० जनाभन्दा धेरै युवालाई पोल्याण्ड पठाइदिने भन्दै ठूलो रकम ठगी गरेको विभागको भनाइ छ । यस्तै, कालिकोट ओभरसिर्जले पोचुर्गल राम्रो रोजगारीमा पठाइदिने भन्दै करिब ३० जनाभन्दा धेरै युवासँग डेढ करोड ठगी गरेको छ ।

यो म्यानपावरबाट ठगिएका १२ जना युवाले विभागमा उजुरी दर्ता गराएका छन् । यी दुवै म्यानपावर कम्पनीको कामकारवाही रोक्का गरेर अनुसन्धान गरिरहेको विभागले जनाएको छ । कालिकोट म्यानपावर कम्पनीले धेरै युवासँग पैसा उठाएर ठगी गरेको उजुरी लिएर पीडित आउने गरेको विभागले जनाएको छ ।

मुनलाइट इन्टरनेशनल प्रालिका नाममा पोल्याण्ड रोजगारीमा पठाइदिने भन्दै ठूलो रकम ठगी गरेको उजुरी विभागमा परेका छन् । पछिल्लो समय युरोप र अफ्रिका देशका विभिन्न क्षेत्रमा राम्रो रोजगारीमा पठाइदिने भनेर म्यानपावर कम्पनी र व्यक्तिले ठुलो रकम ठगिएका श्रमिक समस्या लिएर विभागमा आउने गरेको विभागका उजुरी शाखाका प्रमुख हरि ज्ञवालीले जानकारी दिए ।

यसरी म्यानपावर वा एजेन्टमार्फत युरोपका देश र अफ्रिका मुलुक जान खोज्न युवा ठगिमा पर्नुअगाडी विभागसँग जानकारी नलिने गरेको उनको भनाइ छ ।

यसैगरि, घाना पठाइदिने भन्दै बी एण्ड बी एचआर प्रालिले १३ जना युवासँग करिब १ करोड रकम लिएको छ । यो म्यानपारले पैसा लिएर घाना नपठाएपछि पीडितले विभागमा उजुरी दिएका छन् ।

मोरङका नारायण श्रेष्ठसँग बी एण्ड बीका सञ्चालक अजय तामाङले ६ लाख लिएर रोजगारीका लागि घाना नपठाएको बताएका छन् । विभागमा भेटिएका श्रेष्ठले आफु जस्ता २० जनाभन्दा धेरैलाई तामाङले धेरै पैसा लिएर ठगी गरेको जानकारी दिए । यो म्यानपावर कम्पनीले घाना लैजाने भनेर दुवईमा २ महिना राखेर नेपाल फकाएको उनको भनाइ छ ।

यस्तै, बुटवलका दिलिप मगरसँग बी एण्ड बी म्यानवारले ३ लाख लिएर घाना नपठाएपछि म्यानपावरका सञ्चालक तामाङका नाममा उजुरी गर्ने विभागमा आएको विभागले जनाएको छ ।

युरोपको रोजगारीमा पठाउने भन्दै म्यानपावरले खाडीका देश, बंगलादेश, भारत र इन्डोनेसियामा पुराएर अलपत्र पर्ने गरेका छन् । युरोपका देश भनेर खाडीका देशमा पुराएर एजेन्ट म्यानपावर र एजेन्टले धेरै युवालाई अलपत्र परेको समस्या लिएर रोजगारपीडित आउने गरेको विभागले जनाएको छ ।

वैदेशिक रोजगारी क्षेत्रमा ठगिने र ठग्ने दुवैमा समस्या देखिएको विभागका निर्देशक ज्ञवाली बताँउछन् । रोजगारीका लागि विदेश जाने योजना बनाएपछि कसरी जाने, कहाँ जाने, कस्तो काममा जाने भन्ने कुरा सोच्नुपर्नेमा ख्यालै नगरी जाने गरेको पाइएको उनी बताउँछन् ।

रोजगारीमा जानुअघि सम्बन्धीत निकायसँग जानकारी लिन विभागले रोजगारीको खोजीमा रहेका युवालाई पटक–पटक सूचनामार्फत सूचित गराउदै आएको छ,’ उनले भनेर्, सामाजिक सञ्जाल, व्यक्तिको मौखिक प्रलोभन र अरुले भनेको भनाइका आधारमा लाखौ पैसा तिरेर विदेश जान खोज्दा युवाहरु फस्ने गर्दछन् । त्यसैले ठग्ने र ठगिने दुवै समस्या हुन् ।’

ठगीमा परेको गुनासो बोकेर मासिक ८० भन्दा बढी पीडित विभाग आउने गरेका छन । यसरी ठगीमा परेका रोजगारपीडित एजेन्टका बारेमा अविज्ञ हुने गरेको विभागले जनाएको छ ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  १० : ५३ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०