३ वर्षमा सकिनेछ १ सय २० मेगावाटको रसुवा–भोटेकोशी आयोजनाको काम | Khabarhub Khabarhub

३ वर्षमा सकिनेछ १ सय २० मेगावाटको रसुवा–भोटेकोशी आयोजनाको काम


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ रसुवा–भोटेकोशी जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ । १ सय २० मेगावाट क्षमताको उक्त आयोजनाको मंगलबार रसुवाको गोसाइँकुण्ड गाउँपालिका–१ रोङ्गामा शिलान्यास गरिएको हो ।

रसुवाको गोसाइँकुण्ड–१ र आमाछोदिङ्मो गाउँपालिका–५ मा निर्माण गर्न लागिएको उक्त आयोजनाको आयोजना निर्देशक दीपक खड्का, गोसाइँकुण्डका अध्यक्ष कैसाङ नुर्पू तामाङ तथा चिनियाँ निर्माण कम्पनी सिचुवान हुवानी इनर्जी इन्भेष्टमेन्ट कम्पनी लिमिटेडका अध्यक्ष लिउ जियन झिनले संयुक्तरूपमा शिलान्यास गरे । झण्डै २० अर्ब ३९ करोड रुपैयाँ लागत रहेको सो आयोजनामा चिनियाँ निर्माण कम्पनीको ९० प्रतिशत तथा नेपाली पक्षको १० प्रतिशत लगानी रहनेछ ।

आयोजनाका निर्देशक खड्काले तोकिएकै समयमा निर्माण सम्पन्न गर्नेगरी काम अघि बढेको बताए । आयोजना सम्पन्न गर्न स्थानीयवासीको सहयोग आवश्यक रहेको उनले उल्लेख गरे ।

करीब १२ वर्षअघि सो आयोजना निर्माणबारे अध्ययन थालिएको थियो । यस अवधिमा पटक–पटकको छलफलपछि चिनियाँ लगानीकर्ता लगानी गर्न सहमत भएको निर्देशक खड्काले बताए ।

आयोजना निर्माण गर्न उक्त कम्पनीले ६ वर्षअघि स्वीकृति लिएको हो । आयोजनाको सुरुङ निर्माण थालिएको छ । फङलुङखोला र भोटेकोशीको दोभानदेखि करीब १५० मिटरमाथि भोटेकोशीमा ३२ मिटर अग्लो बाँध निर्माण गरिनेछ ।

यस क्रममा ४ हजार ८ सय ३५ मिटर लामो सुरुङ निर्माण गरिनेछ भने चिलिमेखोला र भोटेकोशीको सङ्गमस्थलमा विद्युतगृह (पावर हाउस) निमार्ण गरिने आयोजनाले जनाएको छ ।

उत्पादन गरिएको विद्युत् १३२ केभी प्रसारण लाइनमार्फत चिलिमे जलविद्युत् आयोजनाको चिलिमे ‘हब’मा जडान गरिने निर्देशक खड्काले जानकारी दिए ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  ११ : २० बजे

हुम्लाको झापुकुनास्थित किराना पसलमा आगलागी

हुम्ला– हुम्लाको सर्केगाड गाउँपालिका–४ को झापुकुनास्थित मानदेव शाहीको जस्तापाताले छाएको

मुस्ताङका फल्याक र धार्काजुङमा सिँचाइको अभाव

मुस्ताङ– वारागुङ मुक्तिक्षेत्र–५ को फल्याक, धार्काजुङ र पाक्लिङ गाउँलाई कृषिको

हेवा खोलामा बाढी आउँदा मेची राजमार्ग अवरुद्ध

फिदिम – अविरल वर्षाका कारण हेवा खोलामा आएको बाढीले मेची

नीलबाराही मन्दिर संरक्षणमा स्थानीय

भक्तपर– भक्तपुरको मध्यपुरथिमि नगरपालिका–९ स्थित नीलबाराही मन्दिर संरक्षण गर्न पहल

दुई अर्ब ४१ करोड ७९ लाख राजस्व सङ्कलन

कञ्चनपुर– आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरको राजस्व सङ्कलन वृद्धि भएको छ