यस्तो छ ‘दि कर्मा’को एक्सन प्याक ट्रेलर « Khabarhub

यस्तो छ ‘दि कर्मा’को एक्सन प्याक ट्रेलर


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‍ं – चलचित्र ‘दि कर्मा’को ट्रेलर सार्वजनिक भएको छ । युट्युबमा सार्वजनिक गरिएको ट्रेलरमा भरपुर एक्सन देख्न सकिन्छ ।

२ मिनट ४० सेकेण्ड लामो ट्रेलरमा करण वर्मा, परमिता आर.एल. राणा, नीता ढुंगाना र बुद्धि तामाङलाई देख्न सकिन्छ । ट्रेलरमा बुद्धि र परमितालाई नकारात्मक भूमिकामा देखाइएको छ ।

चलचित्रमा नीता र करणले जोडीको भूमिका निभाएका छन् ।

देव कुमार श्रेष्ठले निर्देशन गरेको चलचित्रमा लेखन र निर्माण जय राज जयको छ ।

नेपालको तराई क्षेत्रमा छाया‍ंकन गरिएको यो चलचित्रमा अनुप सक्सेना, संगीता नापित लगायतले समेत अभिनय गरेका छन् । चलचित्रको पटकथा र संवाद सुशील पोखरेलले तयार पारेका हुन् । यस्तै चलचित्रलाई रामेश्वर कार्कीले छायांकन गरेका छन् ।

निर्माण टिमका अनुसार यो चलचित्र माघ १७ गतेदेखि नेपालभर प्रदर्शन हुँदैछ ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  १ : २२ बजे

क्युबामाथिको अमेरिकी प्रतिबन्ध हटाउन राष्ट्रसङ्घको माग

एजेन्सी – संयुक्त राष्ट्रसङ्घको महासभाले क्युबामाथि अमेरिकाले लगाउँदै आएको आर्थिक,

इजरायलमा नेतान्याहु पक्षलाई ५३ सिट

एजेन्सी– इजरायलको संसदीय निर्वाचनमा करिब ९० प्रतिशत मतगणना हुँदा प्रधानमन्त्री

भोटेकोशी बाढी : काभ्रेका स्थानीय तहद्वारा बेपत्ता नागरिकको विवरण माग

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकका स्थानीय तहले रसुवाको भोटेकोशीमा भदौ १० मा आएको

विराटनगरका लोकेशको अर्धशतक पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

चाडपर्वले चलायमान बन्दै अर्थतन्त्र, बजारमा बढ्यो किनमेल

धनुषा– दसैँ सकिएलगत्तै दीपावली, तिहार र छठ पर्व नजिकिएपछि मधेस