यस्तो छ ‘दि कर्मा’को एक्सन प्याक ट्रेलर « Khabarhub

यस्तो छ ‘दि कर्मा’को एक्सन प्याक ट्रेलर


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‍ं – चलचित्र ‘दि कर्मा’को ट्रेलर सार्वजनिक भएको छ । युट्युबमा सार्वजनिक गरिएको ट्रेलरमा भरपुर एक्सन देख्न सकिन्छ ।

२ मिनट ४० सेकेण्ड लामो ट्रेलरमा करण वर्मा, परमिता आर.एल. राणा, नीता ढुंगाना र बुद्धि तामाङलाई देख्न सकिन्छ । ट्रेलरमा बुद्धि र परमितालाई नकारात्मक भूमिकामा देखाइएको छ ।

चलचित्रमा नीता र करणले जोडीको भूमिका निभाएका छन् ।

देव कुमार श्रेष्ठले निर्देशन गरेको चलचित्रमा लेखन र निर्माण जय राज जयको छ ।

नेपालको तराई क्षेत्रमा छाया‍ंकन गरिएको यो चलचित्रमा अनुप सक्सेना, संगीता नापित लगायतले समेत अभिनय गरेका छन् । चलचित्रको पटकथा र संवाद सुशील पोखरेलले तयार पारेका हुन् । यस्तै चलचित्रलाई रामेश्वर कार्कीले छायांकन गरेका छन् ।

निर्माण टिमका अनुसार यो चलचित्र माघ १७ गतेदेखि नेपालभर प्रदर्शन हुँदैछ ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  १ : २२ बजे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

काठमाडौँ : रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको

रसुवा बाढीबाट घाइतेको निःशुल्क उपचार प्रबन्ध गरेका छौँ : मुख्यमन्त्री थापा

भक्तपुर– बागमती प्रदेशको मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढीपहिरोका कारण घाइते

बिहीबारका लागि कुन विदेशी विनिमय दर कति ?

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

काठमाडौँ : रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा