कुमारी बैंक लिमिटेडको २१औं शाखा रहित बैंकिङ्ग सेवा छोम्रोंगमा « Khabarhub

कुमारी बैंक लिमिटेडको २१औं शाखा रहित बैंकिङ्ग सेवा छोम्रोंगमा


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कुमारी बैंक लिमिटेडले कास्कीमा नयाँ शाखा विस्तार गरेको छ । कुमारी बैंकले कास्कीको अन्नपूर्ण– ११, छोम्रोंगबाट शाखा रहित बैंकिङ्ग सेवा सुरु गरेको छ ।

तमु ल्होसारको अवसरमा उक्त शाखा रहित बैंकिङ्ग सेवाको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले गरेका हुन् ।

उद्घाटन समारोहमा शाखा रहित बैंकिङ्ग सेवाका अभिकर्ता– मिकाश गुरुङ्ग, गण्डकी प्रदेशका सांसद–राजिव पहारी, अन्य अधिकारीहरु तथा स्थानीय वासिन्दा एवं व्यवसायिक प्रतिनिधिहरूको माझ सम्पन्न भएको हो ।

बैंकले कास्की जिल्लामा ३ शाखाहरु–पोखरा लेकसाइड तथा बिरौटा शाखा मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

बैंकले ग्राहकको माग तथा आसन्न नेपाल भ्रमण वर्ष २०२० लाई ध्यानमा राखी उल्लेखित स्थानमा शाखा रहित बैंकिङ्ग सेवा सुरु गरेको बिरौटा शाखाका शाखा प्रबन्धक महेश ढुंगानाले बताए ।

बैंकले यो भन्दा अगाडि नै अन्नपूर्ण बेसक्याम्प भ्रमण गर्ने पर्यटकको सुविधालाई मध्यनजर गर्दै सो क्षेत्रका विभिन्न होटेलमा १५ थान पीओएस मेसिन पनि जडान गरिसकेको छ ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  ११ : ५६ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र