लुम्बिनी विकास बैंकद्वारा “लुम्बिनी सहयात्रा मुद्दती खाता” मुद्दती निक्षेप योजना सार्वजनिक « Khabarhub

लुम्बिनी विकास बैंकद्वारा “लुम्बिनी सहयात्रा मुद्दती खाता” मुद्दती निक्षेप योजना सार्वजनिक


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

“निरन्तर सहयात्रा” भन्ने मूल नाराका साथ बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको लुम्बिनी विकास बैंकले इन्स्योरेन्स विशेषतायुक्त नयाँ “लुम्बिनी सहयात्रा मुद्दती खाता” मुद्दती निक्षेप योजना सार्वजनिक गरेको छ ।

सबै तहका ग्राहक महानुभावहरुलाई लक्ष्य गरी ल्याईएको यस लुम्बिनी सहयात्रा मुद्दती खाताले ग्राहक महानुभावहरुलाई बचत गर्न प्रोत्साहन गर्नुका साथै उचित प्रतिफल प्रदान गर्ने बैंकले जनाएको छ ।

उपरोक्त उल्लेखित मुद्दती निक्षेप बचत खातामा ग्राहक महानुभानवहरूले आफ्नो दुर्घटनाबाट मृत्यु वा पूर्ण तथा आंशिक अशक्तताका लागि रू. १० लाखसम्मको बीमा सुबिधा तथा रू. १ लाखसम्मको औषधी उपचार बीमा सुबिधा समेत प्राप्त गर्न सक्ने छन् ।

लुम्बिनी सहयात्रा मुद्दती निक्षेप खाता अन्तर्गत ग्राहकहरुले निःशुल्क एबिबिएस सुबिधा, खाता विवरण, चेक बुक, मोबाईल बैंकिङ्ग, VISA डेबिट कार्ड र लकर सुबिधामा ५०% छुट प्राप्त गर्न सक्ने छन् ।

साथै लुम्बिनी सहयात्रा मुद्दती खातामा बैंकले सार्वजनिक गरेको ब्याजदरमा शाखाबाटै थप ०.५० % ब्याज सुबिधा प्रदान गर्न सकिने छ । लुम्बिनी सहयात्रा मुद्दती निक्षेप खाता योजानले मुलुकका सबै क्षेत्र, भेग र तहलाई फाईदा पुग्ने बैंकले विश्वास लिएको छ ।

बैंकको २०७६ मंसीर मसान्तसम्म चुक्ता पुँजी रु २,५८६,९६३,५५१.००, कर्जा लगानी रु २३,९४७,८०७,३१५.०४ साथै बैंकको निक्षेप संकलन रु २७,०८६,३६२,७९७.७१ रहेको छ । बैंकले आ. व. २०७५÷०७६ मा रु ५८९,७०१,२१५.०० खुद मुनाफा आर्जन गरी आगामी २०७६ पौष २९ गते हुने साधारण सभामा शेयर होल्डरहरुलाई २०% लाभांश दिने प्रस्ताब गरेको छ ।

यस विकास बैंकले देशभरका ६६ शाखाहरु र १६ वटा एटिएमबाट आफ्ना ग्राहक महानुभावहरुलाई उच्च स्तरीय आधुनिक एवं नविनतम प्रविधिसहितको बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  १२ : ०० बजे

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा