लुम्बिनी विकास बैंकद्वारा “लुम्बिनी सहयात्रा मुद्दती खाता” मुद्दती निक्षेप योजना सार्वजनिक « Khabarhub

लुम्बिनी विकास बैंकद्वारा “लुम्बिनी सहयात्रा मुद्दती खाता” मुद्दती निक्षेप योजना सार्वजनिक


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

“निरन्तर सहयात्रा” भन्ने मूल नाराका साथ बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको लुम्बिनी विकास बैंकले इन्स्योरेन्स विशेषतायुक्त नयाँ “लुम्बिनी सहयात्रा मुद्दती खाता” मुद्दती निक्षेप योजना सार्वजनिक गरेको छ ।

सबै तहका ग्राहक महानुभावहरुलाई लक्ष्य गरी ल्याईएको यस लुम्बिनी सहयात्रा मुद्दती खाताले ग्राहक महानुभावहरुलाई बचत गर्न प्रोत्साहन गर्नुका साथै उचित प्रतिफल प्रदान गर्ने बैंकले जनाएको छ ।

उपरोक्त उल्लेखित मुद्दती निक्षेप बचत खातामा ग्राहक महानुभानवहरूले आफ्नो दुर्घटनाबाट मृत्यु वा पूर्ण तथा आंशिक अशक्तताका लागि रू. १० लाखसम्मको बीमा सुबिधा तथा रू. १ लाखसम्मको औषधी उपचार बीमा सुबिधा समेत प्राप्त गर्न सक्ने छन् ।

लुम्बिनी सहयात्रा मुद्दती निक्षेप खाता अन्तर्गत ग्राहकहरुले निःशुल्क एबिबिएस सुबिधा, खाता विवरण, चेक बुक, मोबाईल बैंकिङ्ग, VISA डेबिट कार्ड र लकर सुबिधामा ५०% छुट प्राप्त गर्न सक्ने छन् ।

साथै लुम्बिनी सहयात्रा मुद्दती खातामा बैंकले सार्वजनिक गरेको ब्याजदरमा शाखाबाटै थप ०.५० % ब्याज सुबिधा प्रदान गर्न सकिने छ । लुम्बिनी सहयात्रा मुद्दती निक्षेप खाता योजानले मुलुकका सबै क्षेत्र, भेग र तहलाई फाईदा पुग्ने बैंकले विश्वास लिएको छ ।

बैंकको २०७६ मंसीर मसान्तसम्म चुक्ता पुँजी रु २,५८६,९६३,५५१.००, कर्जा लगानी रु २३,९४७,८०७,३१५.०४ साथै बैंकको निक्षेप संकलन रु २७,०८६,३६२,७९७.७१ रहेको छ । बैंकले आ. व. २०७५÷०७६ मा रु ५८९,७०१,२१५.०० खुद मुनाफा आर्जन गरी आगामी २०७६ पौष २९ गते हुने साधारण सभामा शेयर होल्डरहरुलाई २०% लाभांश दिने प्रस्ताब गरेको छ ।

यस विकास बैंकले देशभरका ६६ शाखाहरु र १६ वटा एटिएमबाट आफ्ना ग्राहक महानुभावहरुलाई उच्च स्तरीय आधुनिक एवं नविनतम प्रविधिसहितको बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  १२ : ०० बजे

कीर्तिपुरमा टी-२० सिरिज: कप्तान दीपेन्द्रको परीक्षा

काठमाडौँ – नेपाली क्रिकेट टोलीले सोमबारदेखि घरेलु मैदान कीर्तिपुरमा चिरपरिचित

बर्दियामा एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु

नेपालगन्ज– बर्दियामा एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु भएको

वन्यजन्तु सप्ताह : सचेतना र संरक्षणमा जोड

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु सप्ताह विभिन्न जनचेतनामूलक तथा प्रवर्द्धनात्मक

आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौँ– सरकारले आज र सोमबार देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै

पर्वतकी १४ वर्षीया किशोरी आठ दिनदेखि बेपत्ता

पर्वत– पर्वतको मोदी गाउँपालिका–२ देउपुरकी १४ वर्षीया किशोरी रितिका जैसी