सुर्खेतमा एनसेल टावर नजिकै ‘बम’ फेला « Khabarhub

सुर्खेतमा एनसेल टावर नजिकै ‘बम’ फेला


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर– कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ पिपिराचोकमा ‘बम’ फेला परेको छ ।

पिपिराचोकमा रहेको एनसेल टावर नजिकै बमजस्तो देखिने शंकास्पद बस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज पन्तले जानकारी दिए ।

एसपी पन्तले एनसेल टावरलाई लक्षित गरिएर राखिएको उक्त शंकास्पद बस्तु नक्कली बम भएको बताए ।

‘स्थानीयलाई तर्साउनका लागि बमजस्तो देखिने गरी शंकास्पद बस्तु राखिएको जस्तो देखिन्छ,’ एसपी पन्तले खबरहबसँग भने, ‘तर, त्यो नक्कली बम भएको पत्ता लागेको छ ।’

यद्यपि, उक्त शंकास्पद बस्तुको डिस्पोजका लागि नेपाली सेनाको टोली घटनास्थलमा पुगेको एसपी पन्तले जानकारी दिए ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  १२ : २१ बजे

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड