आगलागी नियन्त्रण गर्न पाइप लाइन जडान « Khabarhub

आगलागी नियन्त्रण गर्न पाइप लाइन जडान


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- घनाबस्ती रहेको राजधानीको केलटोल मासंगल्ली क्षेत्रमा आगलागी हुँदा नियन्त्रण गर्ने उद्देश्यले ३ सय घरलाई सहयोग पुग्ने गरी पाइपलाइन जडान गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी र काठमाडौँ महानगरपालिका–२५ ले संयुक्तरुपमा समय समयमा हुने गरेको आगलागीको विपद् व्यवस्थापनका लागि पाइप जडान गरेका हुन् ।

रेडक्रसले उत्थानशील नगर प्रवद्र्धन र सहभागिता कार्यक्रमअन्तर्गत रु पाँच लाख सहयोग गरेको महानगरपालिका २५ नं वडाका अध्यक्ष नीलकाजी शाक्यले जानकारी दिए ।

पाइप लाइन बिच्छ्याउन वडाले दुई लाख रुपैयाँ, टोलका अन्य संस्था एवं उपभोक्ताबाट एक लाख ४० हजार ६ सय गरी कूल नौ लाख ४० हजार ६ सयको लागतमा काम सम्पन्न भएको हो ।

यस योजनाले ३०० परिवारलाई आगलागीबाट सुरक्षित गर्नेछ । वडा क्षेत्रका गल्लीमा धेरै कपडाका पसल रहेकाले एक ठाउँमा आगलागी भए गल्लीमा असरल्ल छोडिएको तारका माध्यमबाट सहजै धेरैतिर फैलने गरेको छ ।

गल्लीमा अस्तव्यस्त रहेको तारले पनि आगलागीलाई थप फैलाउने गरेको केल मासंगल्ली उपभोक्ता समितिका अध्यक्ष पुष्परत्न महर्जनले बताए । पाइपलाइन जडानसँगै अव्यवस्थित तारलाई पनि व्यवस्थित गरिने उनले सुनाए ।

साना गल्ली भएकाले यहाँ दमकल छिर्न सक्दैन । दमकल छिर्न नसक्ने भएकैले विपद् व्यवस्थापनमा काम गरेको रेडक्रससँग सहकार्य गरी पाइप लाइन जडान गरिएको वडाध्यक्ष शाक्यले बताए । यसको प्रारम्भिक परीक्षण पुस २६ गते गरिने जनाइएको छ ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  १२ : ३१ बजे

आज २०८३ साल भदौ ३१ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय