आगलागी नियन्त्रण गर्न पाइप लाइन जडान | Khabarhub Khabarhub

आगलागी नियन्त्रण गर्न पाइप लाइन जडान


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- घनाबस्ती रहेको राजधानीको केलटोल मासंगल्ली क्षेत्रमा आगलागी हुँदा नियन्त्रण गर्ने उद्देश्यले ३ सय घरलाई सहयोग पुग्ने गरी पाइपलाइन जडान गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी र काठमाडौँ महानगरपालिका–२५ ले संयुक्तरुपमा समय समयमा हुने गरेको आगलागीको विपद् व्यवस्थापनका लागि पाइप जडान गरेका हुन् ।

रेडक्रसले उत्थानशील नगर प्रवद्र्धन र सहभागिता कार्यक्रमअन्तर्गत रु पाँच लाख सहयोग गरेको महानगरपालिका २५ नं वडाका अध्यक्ष नीलकाजी शाक्यले जानकारी दिए ।

पाइप लाइन बिच्छ्याउन वडाले दुई लाख रुपैयाँ, टोलका अन्य संस्था एवं उपभोक्ताबाट एक लाख ४० हजार ६ सय गरी कूल नौ लाख ४० हजार ६ सयको लागतमा काम सम्पन्न भएको हो ।

यस योजनाले ३०० परिवारलाई आगलागीबाट सुरक्षित गर्नेछ । वडा क्षेत्रका गल्लीमा धेरै कपडाका पसल रहेकाले एक ठाउँमा आगलागी भए गल्लीमा असरल्ल छोडिएको तारका माध्यमबाट सहजै धेरैतिर फैलने गरेको छ ।

गल्लीमा अस्तव्यस्त रहेको तारले पनि आगलागीलाई थप फैलाउने गरेको केल मासंगल्ली उपभोक्ता समितिका अध्यक्ष पुष्परत्न महर्जनले बताए । पाइपलाइन जडानसँगै अव्यवस्थित तारलाई पनि व्यवस्थित गरिने उनले सुनाए ।

साना गल्ली भएकाले यहाँ दमकल छिर्न सक्दैन । दमकल छिर्न नसक्ने भएकैले विपद् व्यवस्थापनमा काम गरेको रेडक्रससँग सहकार्य गरी पाइप लाइन जडान गरिएको वडाध्यक्ष शाक्यले बताए । यसको प्रारम्भिक परीक्षण पुस २६ गते गरिने जनाइएको छ ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  १२ : ३१ बजे

संविधान घोषणाको दशकलाई विशेष उत्सवका रूपमा मनाइने

काठमाडौं– नेपालको संविधान घोषणाको एक दशकलाई उत्सवका रूपमा भव्यताका साथ

तीजलाई मौलिक र परम्परागत संस्कृतिका रूपमा मनाउनुपर्छ : पम्फा भुसाल

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले

जनतालाई खुसी बनाउने गरी सेवालाई चुस्त बनाउनुपर्छ : मन्त्री न्यौपाने

दमौली– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले जनतालाई खुसी

‘नाडा अटो शो’को एक लाख ६० हजार जनाले गरे अवलोकन

काठमाडौं– भृकुटीमण्डपमा सञ्चालन भएको १७औँ संस्करणको ‘नाडा अटो शो’को एक

 जनकपुरमा आयोजना हुने सुशासन सम्मेलनबारे परामर्श बैठक

महेन्द्रनगर– मधेस प्रदेश सरकारले अगामी असोजमा आयोजना गर्ने सुशासन सम्मेलनको