नक्कली सुनलाई सक्कली सुन भनी कारोबार गर्ने ३ जना पक्राउ « Khabarhub

नक्कली सुनलाई सक्कली सुन भनी कारोबार गर्ने ३ जना पक्राउ


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– धनगढी उपमहानगरपालिका-४ बसपार्कस्थित नेशनल गेष्ट हाउसबाट नक्कली सुनलाई सक्कली सुन भनी कारोबार गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बझाङ बुङ्गल नगरपालिका-१ बस्ने ३४ वर्षीय शंकर बोहरा, भारत पिलिभित राघुपुरी गाउँ चौकी बजार घर भएका १९ वर्षीय मिख्खु भन्ने मुक्तियार सिंह र सोही स्थान घर भएका ३२ वर्षीय मितु भन्ने मंजित सिंह रहेका प्रहरीले जनाएको छ ।

उक्त गेष्ट हाउसमा अवैध सुनको कारोबार भइरहेको छ भन्ने सूचनाको आधारमा सुदूरपश्चिम प्रहरी कार्यालय दिपायल र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उक्त गेष्ट हाउसको कोठा नम्बर ७ खानतलासी गर्दा लुकाई छिपाई राखेको ३ वटा बिस्कुट आकारमा रहेको २ केजी ४ सय ग्राम नक्कली सुन फेला पारी शंकर बोहरालाई पक्राउ गरेको थियो ।

घटना सम्बन्धमा थप अनुसन्धान गर्ने क्रममा बोहरासँग कारोबारमा संलग्न रहेका मुक्तियार सिंह र मंजित सिंह समेतलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  १२ : ४२ बजे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनेबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही– सर्लाहीको सिर्सियामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६