देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु « Khabarhub

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कास्की, बर्दिया, रौतहट, दाङ र कञ्चनपुरका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ ।

कास्की, पोखरा महानगरपालिका-१४ चाउथेस्थित सडकमा ग.१ ख ९४०५ नम्बरको बस, ग.२ च २७२६ नम्बरको जिप र ग.१६ प ९५३७ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाई बुधबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही स्थान बस्ने तनहुँ घर भएका १९ वर्षीय रोनश गुरुङ र जिप चालक पोखरा महानगरपालिका घर भएका ३६ वर्षीय सरोज लामाको पश्चिम क्षेत्रीय अस्पताल गण्डकीमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका जिपमा सवारमध्ये १ जनाको मणिपाल अस्पताल र अन्य १ जनाको पश्चिम क्षेत्रीय अस्पताल गण्डकीमा उपचार भइरहेको छ । तीन वटै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बर्दिया, ठाकुरबाबा नगरपालिका-२ स्थित सडकमा लु.२ ख १०६८ नम्बरको ट्रक अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा ट्रकमा सवार हाल नाम, थर, वतन नखुलेका ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका ट्रक चालक दाङ घोराही उपमहानगरपालिका-११ बस्ने २८ वर्षीय कर्ण बहादुर चौधरीको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।

रौतहट, मौलापुर नगरपालिका-२ चिरचिरयास्थित सडकमा ना.५ त ७३४५ नम्बरको ट्याक्टरले ना.३८ प ५१५३ नम्बरको मोटरसाइकललाई मंगलबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका-१ बस्ने ४५ वर्षीय सुरेन्द्र राय यादवको नेशनल मेडिकल कलेज वीरगंजमा थप उपचारको क्रममा र मोटरसाइकलमा सवार सोही नगरपालिका बस्ने ६० वर्षीय राजेन्द्र राय यादवको जिल्ला अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारी साधन र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दाङ, बबई गाउँपालिका-२ रातामाटास्थित सडकमा रा.१ त ३२५७ नम्बरको ट्याक्टर सडकबाट करिब ५ सय मिटर तल खसेर मंगलबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका ट्याक्टर चालक बबई गाउँपालिका-५ जौबारी बस्ने २६ वर्षीय खुम बहादुर बुढाथोकीको राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका ट्याक्टरका सह-चालक सोही गाउँपालिका रातामाटा बस्ने २५ वर्षीय टोप बहादुर खत्रीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

कञ्चनपुर, कृष्णपुर नगरपालिका-५ अमखैया जंगलस्थित सडकमा यूपी.१७ टीए १०७७ नम्बरको मिनिबस र म.२ प ९०२७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर मंगलबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक बेदकोट नगरपालिका-३ बस्ने ४४ वर्षीय जय बहादुर रानाको प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको छ । दुवै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनास्थलमा तत्काल खटिएको स्थानीय प्रहरीले आवश्यक उद्दार कार्य गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  १२ : ५१ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।