धरानमा २८ वर्षीय युवामाथि छुरा प्रहार, एक जना पक्राउ « Khabarhub

धरानमा २८ वर्षीय युवामाथि छुरा प्रहार, एक जना पक्राउ


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– धरान उपमहानगरपालिका-१६ डेरा गरी बस्ने पोखरा महानगरपालिका-६ घर भएका २८ वर्षीय बिश्वास गुरुङलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा सोही स्थान डेरा गरी बस्ने २७ वर्षीय राजेश नेपालीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

नेपालीले धारिलो हतियार प्रहार गर्दा गुरुङ गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते गुरुङको घोपा अस्पताल धरानमा उपचार भइरहेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  १२ : ५७ बजे

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु