बर्दियामा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु « Khabarhub

बर्दियामा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया — पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दियाको ठाकुरबाबा नगरपालिका–२ मा ट्रक पल्टिँदा तीन जनाको मृत्यु भएको छ । भैरहवाबाट धनगढीतर्फ गइरहेको लु २ ख १०६८ नम्बरको ट्रक बुधबार बिहान करिब ५ बजे दुर्घटनामा परेको हो ।

दुर्घटनामा दुई महिला र एक पुरुषको ज्यान गएको बर्दियाका प्रहरी उपरीक्षक (एसपी) राजेशनाथ बास्तोलाले जानकारी दिए । उनका अनुसार दुर्घटनाका मृतकमध्ये मिनबहादुर शाहीको मात्र पहिचान खुलेको छ ।

दुर्घटनामा घाइते भएका ट्रक चालक दाङ घोराही उपमहानगरपालिका-११ बस्ने २८ वर्षीय कर्ण बहादुर चौधरीको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  १ : २४ बजे

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र

कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

कर्णाली – कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा

सन्तोष राईको शव ल्याउने खर्च सरकारले व्यहोर्ने, आशिकाले दिइन् धन्यवाद

काठमाडौं – वैदेशिक रोजगारीका क्रममा निधन भएका धादिङका सन्तोष राईको