बर्दियामा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु « Khabarhub

बर्दियामा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया — पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दियाको ठाकुरबाबा नगरपालिका–२ मा ट्रक पल्टिँदा तीन जनाको मृत्यु भएको छ । भैरहवाबाट धनगढीतर्फ गइरहेको लु २ ख १०६८ नम्बरको ट्रक बुधबार बिहान करिब ५ बजे दुर्घटनामा परेको हो ।

दुर्घटनामा दुई महिला र एक पुरुषको ज्यान गएको बर्दियाका प्रहरी उपरीक्षक (एसपी) राजेशनाथ बास्तोलाले जानकारी दिए । उनका अनुसार दुर्घटनाका मृतकमध्ये मिनबहादुर शाहीको मात्र पहिचान खुलेको छ ।

दुर्घटनामा घाइते भएका ट्रक चालक दाङ घोराही उपमहानगरपालिका-११ बस्ने २८ वर्षीय कर्ण बहादुर चौधरीको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  १ : २४ बजे

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष