राष्ट्रियसभा बैठकमा सांसदहरुले भने: कर्मचारी अभावले निर्माणको काम ठप्प भयो « Khabarhub

राष्ट्रियसभा बैठकमा सांसदहरुले भने: कर्मचारी अभावले निर्माणको काम ठप्प भयो


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदले कर्मचारीको अभावमा विकास निर्माणको काम ठप्प भएको भन्दै तत्काल आवश्यक कर्मचारी खटाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद भैरवसुन्दर श्रेष्ठले जिल्लामा बजेट, कार्यक्रम गएको भए पनि प्राविधिक र प्रशासनिक कर्मचारीको अभावमा ती कार्यक्रम सम्पन्न हुन नसकेको बताए ।

“कर्मचारीको अभावमा अहिलेसम्म कर्णाली प्रदेशको कुल एक प्रतिशतमात्र विकास बजेट खर्च भएको छ”,उनले भने, “त्यस्तै सङ्घीय सरकारतर्फ पनि जम्मा २.५ प्रतिशतमात्र पूँजीगत खर्च भएको छ ।”

कर्मचारीको अभावमा ग्रामीण क्षेत्रका विकास निर्माण ठप्प भएको र तत्काल कर्मचारी पठाउन सरकारलाई आग्रह गरे । “बजेट छ, तर कार्यान्वयन गर्ने कर्मचारी छैनन्, कसरी समृद्धिको नारा पूरा हुन्छ ?”, सांसद श्रेष्ठले भने, “सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्पष्ट निर्देशन देओस्, कर्मचारी पठाउने कुरा कहाँबाट रोकिएको हो, कर्मचारी व्यवस्थापन छिटो होस् ।”

नेकपाका युटोल तामाङ सीमान्तकृत समुदायको राज्यका निकायमा प्रतिनिधित्वका लागि गरिएको आरक्षणको व्यवस्था संविधानमै लेखिएको भएपनि व्यवहारतः कार्यान्वयनमा आउन नसकेको र वर्तमान सरकारले पनि समावेशितालाई स्वीकार गर्न कञ्जुस्याइँ गरेको बताए ।

नेकपाका नन्दा चपाईंले राजधानीको यातायात चाप व्यवस्थापन गर्नेतर्फ सरकारले बेलैमा सोच्नुपर्ने बताइन् । आफू ट्याक्सी चढ्दा ठगिएको गुनासो गर्दै उनले ट्याक्सी चालकको ठगीका कारण जनता मारमा परेको बताइन् । “ट्याक्सी चालकको ठगी नियन्त्रण गर्न कडा कानूनको आवश्यकता छ”, उनले भने, “कानून मचेर सवारी साधन चलाउनेलाई तत्काल कारबाही गरियोस् ।”

नेपाली काँग्रेसका प्रकाश पन्थले सरकारको अकमण्र्यताले यो व्यवस्थाप्रति नै जनताको वितृष्णा बढेको भन्दै तत्काल जनताको गुनासो सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए । संसदीय समितिले सरकारलाई दिएको निर्देशन पालना नहुनु दुःखद् भएको उनको भनाइ थियो ।

बैठकको शून्य समयमा नेकपाका उदया शर्मा पौडेल स्थानीय तहको लेखा प्रणालीलाई व्यवस्थित बनाउन तयार गरिएको अनलाइन प्रणाली ह्याकरको कब्जामा परेको तथा नक्कली एटिएम बनाई करोडौँ रुपैयाँ चोरी भएको अवस्थामा यससम्बन्धी प्रविधिलाई भरपर्दो र विश्वासिलो बनाउन सरकारको ध्यानाकर्षण गराइन् ।

नेकपाका कोमल वलीले साहसिक, कृषि तथा सांस्कृतिक पर्यटनका साथै पाहुनाको स्वागत गर्ने नेपाली संस्कारलाई अर्थतन्त्रसँग जोडेर नै आर्थिक समृद्धिमा फड्को मार्नुपर्ने बताइन् ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  ४ : २४ बजे

मधेसमा ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु

जनकपुरधाम– कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधाम धनुषाले मधेस प्रदेश सरकारद्वारा

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

काठमाडौँ– सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदानसम्बन्धी कार्यविधिलाई

धनगढीबाट डा. गोविन्द केसी २४औँ सत्याग्रह

काठमाडौँ – चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि निरन्तर

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक संघका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायीहरुसँग

झमककुमारीको सशक्त सन्देश- सामर्थ्यवान् शरीर हुँदाहुँदै किन ज्यान फाल्नुहुन्छ ?

जीवनले कहिलेकाहीँ यति धेरै परीक्षा लिन्छ कि हार मान्न मन