तस्वीरमा हेर्नुहोस्, वर्षौदेखि गुमनाम एउटा कर्णाटकालिन मन्दिर « Khabarhub

तस्वीरमा हेर्नुहोस्, वर्षौदेखि गुमनाम एउटा कर्णाटकालिन मन्दिर


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गौर– रौतहट जिल्लाको मौलापुर नगरपालिका-५, पतौरामा छ पुरातात्विक महादेव मन्दिर ।

बस्तीको बीचमा रहेको उक्त पुरानो मन्दिर आसपासको क्षेत्रका भक्तालुका लागि पुजा गर्ने स्थल हो । स्थानीय स्तरमा चर्चा भए पनि यस मन्दिरको ऐतिहासिक तथा पुरातात्विक महत्व बारे राज्य बेखबर थियो ।

यस ऐतिहासिक धरोहरको महत्व तब मात्र उजागर भयो जब पूर्व मन्त्री एवं सांसद प्रभु साहले वि.स. २०६८ सालमा पुरातत्व विभाग तथा संसदलाई जानकारी गराए ।

त्यसयता यस मन्दिरमाथि देशको ध्यान केन्द्रित भएको छ ।  त्यसपछि पुरातत्व विभागले सो मन्दिरको पुनर्निर्माणको लागि वि.स. २०६८ देखि ७० सालको बिचमा मंदिरको पुननिर्माण गर्न लगाएको थियो ।

हालसालै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मुलुकमा थप नयाँ १०० पर्यटकीय गन्तव्य स्थलको सुचीमा मंदिरलाई समावेश गरेपछि यस क्षेत्रमा थप पुरातात्विक अन्वेषण तथा पुननिर्माणको काम भैरहेको छ ।

उत्तखननबाट पुरातात्विक महादेव मंदिर कर्णाटकालीन रहेको पाइएको छ । शिखर शैलीको सप्तरथ आकारमा बनेको यस मन्दिरमा विशेषतः कालो ढुङ्गा र इट्टाको प्रयोग गरिएको पुरातात्विक उत्खननबाट देखिएको हो ।

पुरातत्वविद तारानंद मिश्रका अनुसार यत्र तत्र छरिएर रहेका शिलापत्रहरू मध्ये द्वारस्तम्भ अवशेषहरू छन् । ती मध्ये एउटा शिलापत्रमा गणपतिको मूर्ति समेत कूदिएको छ । मंदिरमा पूर्वपट्टी मुखमंडप, अग्लो अधिष्ठान, गुम्बज, मिनार, स्तंभहरु इत्यादि रहेका छन् ।

मंदिरको पूर्वपट्टीबाट तल नगरको आँगनमा प्रवेश गर्न सीढ़ी रहेको छ यद्यपि नगरको उत्खनन गर्न बाकी नै रहेको छ । मंदिरको आंगन सुर्खी–चूनाले पलास्टर गरिएको हो तथा ३ फिट सम्म चाक्लो पर्खालले चारैतिरबाट घेरिएको छ ।

हाल मन्दिरको संरक्षणका लागि मन्दिरको बाहिरी क्षेत्रमा आधुनिक पर्खाल निर्माण भइरहेको छ । उक्त क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न विस्तृत योजनाका साथ काम भइरहेको हो ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  ५ : १५ बजे

६ पूर्वस्वास्थ्यमन्त्री चुनावी मैदानमा, कसले कहाँबाट दिए उम्मेदवारी ? 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन

आबे हत्या प्रकरणमा आजीवन सजाय

एजेन्सी – जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या प्रकरणमा दोषी ठहर

काठमाडौं–४ उम्मेदवार सचिन तिमिल्सिनाले भेटे गगनलाई

काठमाडौं– आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट

परिष्कृत कांग्रेसमार्फत देश निर्माणमा प्रतिबद्धता छौँ : सभापति थापा 

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरूले परिष्कृत राजनीति गरेको

प्रतिनिधिसभा निर्वाचन : भोजपुरबाट महिलाको शून्य उम्मेदवारी

टक्सार– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि