तस्वीरमा हेर्नुहोस्, वर्षौदेखि गुमनाम एउटा कर्णाटकालिन मन्दिर « Khabarhub

तस्वीरमा हेर्नुहोस्, वर्षौदेखि गुमनाम एउटा कर्णाटकालिन मन्दिर


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गौर– रौतहट जिल्लाको मौलापुर नगरपालिका-५, पतौरामा छ पुरातात्विक महादेव मन्दिर ।

बस्तीको बीचमा रहेको उक्त पुरानो मन्दिर आसपासको क्षेत्रका भक्तालुका लागि पुजा गर्ने स्थल हो । स्थानीय स्तरमा चर्चा भए पनि यस मन्दिरको ऐतिहासिक तथा पुरातात्विक महत्व बारे राज्य बेखबर थियो ।

यस ऐतिहासिक धरोहरको महत्व तब मात्र उजागर भयो जब पूर्व मन्त्री एवं सांसद प्रभु साहले वि.स. २०६८ सालमा पुरातत्व विभाग तथा संसदलाई जानकारी गराए ।

त्यसयता यस मन्दिरमाथि देशको ध्यान केन्द्रित भएको छ ।  त्यसपछि पुरातत्व विभागले सो मन्दिरको पुनर्निर्माणको लागि वि.स. २०६८ देखि ७० सालको बिचमा मंदिरको पुननिर्माण गर्न लगाएको थियो ।

हालसालै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मुलुकमा थप नयाँ १०० पर्यटकीय गन्तव्य स्थलको सुचीमा मंदिरलाई समावेश गरेपछि यस क्षेत्रमा थप पुरातात्विक अन्वेषण तथा पुननिर्माणको काम भैरहेको छ ।

उत्तखननबाट पुरातात्विक महादेव मंदिर कर्णाटकालीन रहेको पाइएको छ । शिखर शैलीको सप्तरथ आकारमा बनेको यस मन्दिरमा विशेषतः कालो ढुङ्गा र इट्टाको प्रयोग गरिएको पुरातात्विक उत्खननबाट देखिएको हो ।

पुरातत्वविद तारानंद मिश्रका अनुसार यत्र तत्र छरिएर रहेका शिलापत्रहरू मध्ये द्वारस्तम्भ अवशेषहरू छन् । ती मध्ये एउटा शिलापत्रमा गणपतिको मूर्ति समेत कूदिएको छ । मंदिरमा पूर्वपट्टी मुखमंडप, अग्लो अधिष्ठान, गुम्बज, मिनार, स्तंभहरु इत्यादि रहेका छन् ।

मंदिरको पूर्वपट्टीबाट तल नगरको आँगनमा प्रवेश गर्न सीढ़ी रहेको छ यद्यपि नगरको उत्खनन गर्न बाकी नै रहेको छ । मंदिरको आंगन सुर्खी–चूनाले पलास्टर गरिएको हो तथा ३ फिट सम्म चाक्लो पर्खालले चारैतिरबाट घेरिएको छ ।

हाल मन्दिरको संरक्षणका लागि मन्दिरको बाहिरी क्षेत्रमा आधुनिक पर्खाल निर्माण भइरहेको छ । उक्त क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न विस्तृत योजनाका साथ काम भइरहेको हो ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  ५ : १५ बजे

कालीकोटको गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला– कालीकोटको गगनेखोलामा गएराति गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला बाहिर

जीवनभन्दा ठूलो कुनै ऐन–कानुन हुँदैन : ज्ञानेन्द्र शाही

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले

खण्डहरमा परिणत भृकुटी कागज कारखाना (तस्बिरहरू)

नवलपरासी– कुनै समय नेपालको कागज उत्पादनमा आत्मनिर्भरताको आधार मानिएको भृकुटी

काठमाडौँको बुद्धनगरमा एक पुरुषबाट आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार जारी

काठमाडौँ– काठमाडौँको बुद्धनगरमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।