पार्टी विधि र विधानअनुसार चल्न सकेनः नेता सिंह « Khabarhub

पार्टी विधि र विधानअनुसार चल्न सकेनः नेता सिंह


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधि र विधानअनुसार चल्न नसकेको बताएका छन् ।

बीपी कोइराला स्मृति ट्रष्टले ४४औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले वर्तमान पार्टी नेतृत्व विधि विधान अनुसार चल्न नसकेको आरोप लगाए ।

नेता सिंहले अलोकतान्त्रिक तवरले हिँडेको पार्टी नेतृत्वलाई विधि, विधान, पद्दति र अनुशासनमा हिँडाउनका लागि आफूहरु लागि परेको बताए ।

“पार्टीले बीपी कोइरालाले देखाएको बाटो बिराउँदै गइरहेको छ, पार्टी दुर्घटना हुनबाट जोगाउन सबै एकजुट हुनुपर्छ,”–उनले भने ।
पार्टीका नेता एवं पूर्वमन्त्री डा रामशरण महतले पार्टी अहिले दुर्भाग्यपूर्ण मोडमा आएको बताए ।

“बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलगायका नेताको दर्शन, एकता र मेलमिलापको बाटोमा हिँड्न सबै एकजुट हुनुपर्छ,”–उनले भने ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  ८ : ०५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना